Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुक्तिनाथ र नेपाल रेमिटको सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क र नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिने छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैङ्कको तर्फबाट मुक्तिनाथ विकास बैङ्कका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमितले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैङ्कका सेवाग्राहीहरूलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैङ्कको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत भाग्यशाली विजेताहरूमध्ये एक जनालाई स्कुटी, तीन जनालाई ल्यापटप, पाँच जनालाई रेफ्रिजेरेटर, सात जनालाई ३२’’ टिभी, १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने बैङ्कले जनाएको छ ।


सम्बन्धित समाचार