Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याटरअपार्टमेन्टमा भएको स्व–लगानीमा इक्यूटी फाइनान्सिङ गरिने र अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी मुक्तिनाथ घर पूँजी कर्जा सञ्चालनमा ल्याएको छ ।
घर पुँजी कर्जा आकर्षक ब्याजदरमा १५ बर्षको लागि लिन सकिनेछ । यसका साथै, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ ।
यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पुँजीगत तथा चालु पुँजी स्व–लगानीमा फाइनान्सियल लेभरेज लिने गरी उद्योग, व्यापार एंव सेवा मुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचनारपूर्वाधारमा लाग्ने पुँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पुँजीको लागि प्रदान गरिनेछ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल