Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुख्यमन्त्री लामाको राजीनामा दर्ता गरिँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दिएको राजीनामा आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदैछ । लामाले आइतबार साँझ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे पनि प्रदेश प्रमुखको कार्यालय बन्द भइसकेकाले राजीनामा पत्र बुझाउन पाएका थिएनन् । उनले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं हिँडेका थिए । आफ्नै पार्टी नेपाली कांग्रेसका बहुमत सांसदको अविश्वास प्रस्तावलाई असफल बनाउन नसकेपछि र संदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग हारेपछि नैतिक संकटमा परेका लामाले आइतबार राजीनामा दिएका थिए । राजीनामा दिनुअघि उनले तीन जना मन्त्री नियुक्त समेत गरेका थिए । मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङको सपथग्रहण १५ साउनको दिन दिउँसो एक बजे तय भएको थियो । तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा सपथग्रहणको दिन बिहानै ५ बजे उपचारका लागि भन्दै काठमाडौं गएपछि सपथ ग्रहण कार्यक्रम रोकिएको थियो । धापासीस्थित ग्राण्डी अस्पतालमा मूत्रप्रणालीको उपचार गराएर डिस्चार्ज भएपछि देवकोटा ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा बसेका छन् । उनी आज सोमबार हेटौंडा फर्किने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । बहादुरसिंह लामाको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नेछन् । त्यसपछि सरकारको नेतृत्व गर्नेले ५६ जना बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्नुपर्ने छ । दाबी पेश सदर भएपछि मुख्यमन्त्रीको नियुक्ती र पद तथा गोपनीयताको सपथ हुनेछ । १४ साउनमा कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी भएकाले उनले नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । बानियाँले सत्ता साझेदार दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने तयारी गरिरहेको उनी निकट एक नेताले बताए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल