Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुगु हत्याकाण्ड : स्लीपिङ ट्याब्लेट खुवाएर श्रीदेवीको हत्यापछि छोराछोरीको हत्या

मुगु । प्रहरीले मुगुमा भएको एकै परिवारको सामुहिक हत्याको प्रारम्भिक अनुसन्धान सकाएको छ। मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थमा शव भेटिएपछि प्रहरीले विषेशज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। साँझ ५ बजेतिर शव उठाएर जिल्ला अस्पताल लगिएको उनले बताए। सदरमुकाम पुग्न चार घण्टा भन्दा बढी लाग्ने भएकाले पोष्टमार्टम भोलि हुनेछ। वैदेशिक रोजागारीमा कतारमा रहेका श्रीदेवीका श्रीमानसमेत आइपुगेका उनले बताए। प्रारम्भिक अनुसनधानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको उनले बताए। घटनामा कति जनाको संलग्ना छ भन्ने बारे अझै खुल्न नसकेको उनको भनाइ छ। घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ। अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ ।


सम्बन्धित समाचार