Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुद्दा तामेलीमा राखेर गोकुललाई चोख्याइँदै, जापानबाटै मिश्र भन्छन्, सत्यको जीत हुन्छ

काठमाडौं । सञ्चार मन्त्रालयबाट डा. युवराज खतिवडाको बिदाई भएसँगै नयाँ मन्त्रीको खोजी हुन थालेको छ । सो मन्त्रालय पूर्व मन्त्री गोकुल बास्कोटालाई नै दिने तयारीमा बालुवाटर लागेको छ । त्यसकै निमित्त गोकुलको नाममा रहेको अख्तियारको उजुरी तामेली गराउन उनी विरुद्ध मुद्दा दायर गरेका विजयप्रकाश मिश्रलाई उनी बाहिर गएको थाहा पाएरै साते दिने उर्दी जारी गरेको मात्रै छैन राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टले गोकुललाई चोख्याउने प्रयास राम्रैसँगै गरेको छ । क्याप्टेन रामेश्वर थापा र बास्कोटाको गृहजिल्ला एउटै भएकाले मात्र होइन बालुवाटरसँग मिलेपछि प्राप्त हुने व्यापारको फाइदा उठाउन पनि अन्नपूर्ण यति नांगो रुपमा उत्रिएको हो । अख्तियार प्रमुख नविन घिमिरे आफ्नो पदावधि सकिनु अगावै प्रधानमन्त्रीका विश्वासपात्रलाई सुनपानी हालेर चोख्याउँदै आफ्नो बफादारिता प्रदर्शन गर्न चाहन्छन् ।

अख्तियारले त मुद्दालाई तामेलीमा राख्ला तर बास्कोटाले गाली बेइजती मुद्दा दर्ता गरेको जिल्ला अदालतले कस्तो फैसला गर्ला ? ७० करोड भ्रष्टाचार काण्डको पर्दाफास गर्ने विजय मिश्रलाई उल्टै अख्तियारले आतंकित बनाएपछि उनले जापानबाटै अख्तियारसमक्ष प्रतिउत्तर दिएका छन् । अख्तियारले सात दिने सूचना जारी गरी उपस्थितिका लागि चेतावनी दिएपछि मिश्रले जापानबाटै कानुन विद्हरुको सहायता लिँदै अख्तियारसमक्ष आफ्ना भनाईहरु राखेका छन् । सेक्युरिटी प्रेस खरिदसम्बन्धी विवादकै कारण प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र गोकुल बास्कोटाको मन्त्रि पद खुस्किएको थियो । उनले मन्त्रालयमै स्वीस कम्पनीका एजेन्स रहेका विजयप्रकाश मिश्रलाई बोलाएर कर्मचारीमाथि आमाचकारी गाली गर्दै सेक्युरिटी प्रेस खरिदमा कमिशनको बार्गेनिङ गरेका थिए । सेक्युरिटी प्रेस खरिदका निम्ति फ्रान्सको इनग्रुपले १८० मिलियन युरो (२५ अर्ब, १३ करोड ३८ लाख रुपैयाँ) कबोलेको थियो भने जर्मनको भेरिडोसा गाम कम्पनीले २४ अर्ब ४३ करोड ५६ लाख कबोल गरेको थियो । यही बीचमा स्वीस कम्पनीको एजेन्ट बनेर विजय प्रकाश मिश्र देखा परेका थिए ।

उनीसँग तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले पटक पटक कमिशनको बारेमा छलफल गरेका थिए । तर बालुवाटारको स्वार्थमा थामसेर्कु कम्पनीलाई एजेन्ट खडा गरी सेक्युरिटी प्रेस भित्र्याउने तारतम्य मिलाउँदै गर्दा आफ्नो कम्पनी बारिरिएपछि मिश्रले आफूसँग भएको कमिशन बार्गेनिङको अडियो सार्वजनिक गरेका थिए । देशको राष्ट्रिय ढुकुटी बचोस् भन्ने उद्देश्यले आफूले यो विषयलाई संसदको सार्वजनिक लेखा समितिमा समेत उजागर गरेको बताउने मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक प्रमाणसहित एक सताभित्र उपस्थित हुन उर्दी गरेपछि त्यसको प्रतिउत्तर दिँदै मिश्रले आफू कानुनी रुपमा बलियो भएको बताएका छन् ।