Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुद्दा फैसला नहुँदा सन्दीपको अफ्रिका यात्रा अनिश्चित

काठमाडौं । लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला पछि सर्दै गएको छ। जिल्ला अदालत काठमाडौंमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन। जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ। गत साता मात्रै न्यायाधीशले यसअघि मगाएकै कागजात मगाएर अन्तिम फैसला टारेका थिए। अन्तिम फैसलाकै लागि त्यसअघि एउटा पक्षको बहस नै सकिन लागेको थियो। ५ जना वकिलको बहस सुनेर न्यायाधीशले मुद्दा हेर्दा हेर्दैमा राखेनन्। बरु पुनः अर्को पेसी तोकियो। अर्को पेसीमा पनि न्यायाधीशले पहिल्यै मगाइसकेको र अदालतमा आइसकेको कागजात पुनः मगाउने आदेश गरे, अन्तिम फैसला भएन। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा बसेका छन्। नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको बताए। खासगरी सन्दीप आफूविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि पेसी तोकिएपछि त्यसको तयारीका लागि बिदामा रहेका हुन्। सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको बताउने गरेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। हरेक कुरा उनीसँगै सल्लाह गर्नु पर्ने भएकाले सन्दीपले समय दिन नसकेको हुनसक्ने उनले बताए। एकातिर खेल, अर्कोतिर मुद्दा चलिरहेको हुन्छ। त्यस्तो बेला उसको मानसिकता कसतो होला ? हामी अदालतलाई सफाइ दिनुपर्छ भनिरहेका छैनौं। यदि दोषी ठहर हुन्छ भने जेल पठाइदिए भयो, निर्दोष ठहर भए ढुक्कले खेल्छ, अधिवक्ता घिमिरेले भने, यस्तो अन्यौलले सन्दीप र जाहेरवाला दुवैलाई फाइदा गर्दैन। सन्दीप लामिछानेको मुद्दामा फैसलाका लागि भन्दै १४ पटक पेसी तोकिएको छ। तर फैसला हुन सकेको छैन।


सम्बन्धित समाचार

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल