Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुर्ख मन्त्रीले वीर अस्पताल भूतबंगला बनाए !

काठमाण्डौ । दशैंको मुखमा तलव खुवाउन सकिन भन्दै स्वास्थ्य मन्त्री मोहन बस्नेतले २७६ जना डाक्टर नर्स विशेषज्ञलाई जागीरबाट निकालेका छन् । ५० जना एमविविएस डाक्टर २ जना विशेषज्ञ, १७ जना इर्मजेन्सी चिकित्सक, १५५ जना स्टाप नर्श, १० जना ल्याव र एक्सरे विभाग र प्याथोलोजीमा कार्यरत छन् । यीनै बस्नेत स्वास्थ्यमन्त्री भएपछि बेड शुल्क हटाए । अस्पतालको आम्दानी त्यही सुक्यो । त्यो सँगै अस्पताल बेड समेत हटाएको छ । जनशक्तिको अभावमा आईसीयू बेड पनि हटाईएको छ । जबकि राजधानीमा कुनै पनि वेला डेंगुको महामारी बढ्ने शंका छ । रगत, इर्मजेन्सी र ल्यावको काम ज्यालादारी र करार सेवाले धानेको वीर अस्पताल नै शासकहरूको तारो बन्ने गरेको छ । जवकी वीर अस्पतालमा ५ सय दरवन्दी खाली छन् । काँग्रेस र एमालेको सिगौरी खेल्ने क्षेत्र हो वीर अस्पताल । जहाँ आफन्त बिना कुनै विरामीले सेवा पाउँदैनन् । मन्त्री बस्नेतको मुर्खपनले वीर अस्पताल भुतबंगला बन्दैछ । काँग्रेसमा डनको उपाधी पाएका बस्नेत डा.शेखर कोइरालाको सिफारिसमा स्वास्थ्य मन्त्री भएका हुन् । उनी पहिले त्यो मन्त्रालयको राज्यमन्त्री बन्दा सरकारी गाडीमा गाईको गोबर बोकाएर चर्चित थिए । यस पटक के के न गर्ने झैं शुरुमा हल्ला चलाए बेड पनि निशुल्क गरे । अहिले २७६ स्वास्थ्यकर्मीको जागीर खोसेर आँफू पर्ने खाडल खन्दैछन् । औषधी माफीयासँगको उठवसले गनाउन पनि थालेका छन् । सरकारी लगानीको अस्पतालमा विरामीको सेवा हुदैन् । मृगौला रोगीको डाइलासिस हुदैन रक्त परिक्षण समयमा हुदैन भने त्यो अस्पताल होइन भुतबंगला हो । काँग्रेसले जनतालाई गर्ने सेवा यही हो ।

बीरमा विभिन्न पदका लागि दरबन्दी स्वीकृत

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३०औँ सभा (सिनेट बैठक)सम्पन्न भएको छ । हालै सम्पन्न बैठकले बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याव टेक्निसियन पाँचौँ पाँच जना पदपूर्तिका लागि दरबन्दी स्वीकृत गरेको छ । यस्तै फार्मेसीका लागि फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, चालक तथा सहायकसहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय भएको छ । यस्तै बैठकले तीन जना नयाँ सिनेट सदस्य थपेको छ भने तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरेको छ । थपिएका नयाँ सिनेट सदस्यमा प्राडा चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा दिपक सिग्देल रहेका छन् । त्यसैगरी, प्राज्ञिक परिषद्मा प्राडा अजित रायामाझी, प्राडा दीपेन्द्र श्रेष्ठ र प्राडा सरोज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले वीर अस्पतालका लागि अत्यावश्यक मानिएका प्राविधिक समूहको विभिन्न पदमा दरबन्दी स्वीकृत गरेको हो ।


सम्बन्धित समाचार