Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुलुकका लागि मिलेर अघि बढ्ने रविको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरेका छन् । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाइ छ । हिजोमात्रै कारागारबाट बाहिरिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले मिल्न पर्नेहरू अन्तिम समयमा मिलेर अघि बढ्ने पनि बताए । भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार चौबिसकोटीमा सभा आयोजना गर्दै सम्बोधन गरेका थिए । हामी मिलेर जहाँसम्म मिल्ने र सँगै जाने सवाल छ । मैले कारागारबाट पनि भनेको थिएँ । म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु, लामिछानेले भने, मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्‍यो व्यक्तिको कुनै ठूलो कुरो होइन । उनले आफ्ना साथीहरू मिल्नपर्नेहरू मिल्नका लागि संवादमै रहेको जानकारी पनि गराए । मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं । हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ । मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन, लामिछानेले सम्बोधनको क्रममा भने । उनले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको दाबी गरे । ‘यो मिल्ने भन्ने कुरो, एउटा चुनावका लागि होइन । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन । म एउटा पुस्ताका लागि राजनीतिमा आएको हो,’ लामिछानेले भने । साथै, उनले सरकारले जसरी पनि चुनाव गराउने बाटोमा काम गर्नुपर्ने पनि बताए । ‘२४ गते जनआन्दोलन भएको हो । हामी यहीँबाट स्पष्ट गरेर जान्छौं । निर्वाचनमा देश जानुपर्छ । निर्वाचनका लागि जेनजीको रगतबाट चुनिएको यो सरकारले जेनजीको सपना पूरा गर्ने आँट राखोस् । रास्वपा सरकारसँग जेनजीको माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने कुरामा खडा हुनेछ रास्वपा, लामिछानेले भने, सरकार डराउनुपर्ने केही कुरा छैन । जनताको साथ छ सरकारलाई । जनताको मुद्दा, जेनजीको मागमा विशेषगरी सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट चिहाउनुपदैन । सिधै अघि बढे हुन्छ । रास्वपा पनि सरकारको साथमा छ । उनले आफू जेनजीहरूकै साथमा रहेको भन्दै चिन्ता नगर्न पनि आग्रह गरे । देशका संरचना जले हामीलाई दुख छ । त्यो भन्दा धेरै त हाम्रा सपना जलेका छन् । त्यसलाई ब्युँताउन पर्ला नि । सिंहदरबार जले, देशका न्यायालय जले ती सबै बनाउँला । तर वर्षौंदेखि खरानी भएको हाम्रा सपना कसले बनाउँछ ? हामी बनाउँछौं । हामी सबै जेनजीको साथ बोकेर अघि बढ्छौं । जेनजी भाइ हो, रवि दाई पनि साथमा छ, किन चिन्ता गर्छौं, उनले भने ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल