Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुल्यवृद्धि विरुद्ध सडक तताउँदै एमाले

काठमाडौं । इन्धनमा मूल्य वृद्धि गर्दै काला बजारीलाई बजार छाडा छाडेको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनवर्गिय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ। पार्टीले अस्वभाविक बढ्दै गइरहेको मुल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका विषय उठान गर्दै जनसंगठनहरुलाई सडकमा उतार्ने भएको हो । एमाले जनसंगठन समन्वय संयन्त्रको आज बसेको बैठकले चर्को मुल्य वृद्धिले जनतालाई समस्या भएको भन्दै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो । एमालेका २२ वटा जनसंगठनका प्रमुखहरुको सहितको पार्टी कार्यालयमा बैठक बसेको थियो ।