Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाभाइरसको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ५८ हजार ६ सय चिनियाँ भने उपचारपछि ठीक भएका छन् । चीनपछि कोरोनाभाइरसले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ३ सय ६६ जनाको मृत्यु भएको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै इरानमा कोरोनाभाइरसका कारण १ सय ४९ जनाको मृत्यु भएको छ । ६ हजार ५ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
यसमध्ये २ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन् । ४ हजार २ सय ३८ जनाको उपचार भइरहेको छ । दक्षिण कोरियामा थप २ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ३ सय १३ पुगेको छ ।
त्यहाँ अहिलेसम्म ५० जनाको मृत्यु भएको छ भने उपचारारत ७ हजार १ सय ३३ जनामध्ये ३६ जनाको अवस्था गम्भीर छ । १ सय ३० जना भने निको भएर घर फर्किएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
चीनमा कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएपनि अन्यत्र फैलने क्रम उच्च भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार चीनमा पछिल्लो २४ घण्टामा ३९ जनामा जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । चीन हालसालै प्रति दश लाख मानिसमध्ये कम्तिमा ५६ जनामा कोरोनाभाइरस फेला परेको छ । जबकी यही दर दक्षिण कोरिया, इटाली, इरान लगायतका मुलुकमा बढिरहेको छ । डब्लूएचओका अनुसार प्रति दश लाखमध्ये दक्षिण कोरियामा कम्तिमा १ सय ४२ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ सय २२ तथा इरानमा ७८ जनामा संक्रमण देखिन थालेको छ ।
कोरोनाभाइरसबाट अमेरिकामा २२ जनाको मृत्यु भएको छ भने फ्रान्समा थप तीन जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्पेनमा १७ जनाको मृत्यु भएको छ । डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुकमा कोरोनाभाइरस देखिदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल