Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ नेपाली थिए

काठमाडौं । अवैधरूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरू भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पाइएको छ। अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको उल्लेख गरेको छ। ग्वाटेमाला–मेक्सिको सीमा क्षेत्रबाट आप्रवासीहरूलाई लिएर अमेरिका जान हिँडेको गाडीलाई मेक्सिको सेनाले आफ्नो सुरक्षा पोस्ट भएको क्षेत्रमा रोक्न खोज्दा उक्त गाडी नरोकी भागेपछि गोली चलाएको थियो। सेनाको गोली प्रहारबाट ६ जनाको मृत्यु भएको, १० घाइते भएको र मृत्यु हुनेमा नेपाली नागरिक पनि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए। दूतावासले घाइते ३ जना नेपालीको उपचार भइरहेको र त्यहाँ पक्राउ परेका सबै नेपाली मेक्सिको अध्यागमनको हिरासतमा रहेको जानकारी दिएको छ। दूतावासले मेक्सिकोका सरकारी अधिकारीहरूसँग सम्पर्कमै रहेको उल्लेख गरेको छ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल