Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका कारण निष्क्रिय पार्ने सूचीमा समावेश भएको हाम्रो पात्रो प्लेटफर्मले दर्ताका लागि सञ्चार मन्त्रालयमा आजै निवेदन दिएको छ । सरकारले फेसबुक कम्पनी मेटाको आग्रहबमोजिम दर्ताका लागि आवश्यक विवरणको लिष्ट समेत पठाएको छ । सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार हाम्रो पात्रो प्लेटफर्मका तर्फबाट आजै सूचीकरणका लागि निवेदन दर्ता भएको हो । त्यस्तै मेटाका प्रतिनिधिले मन्त्रालयसँग सूचीकरणका लागि आवश्यक कागजातको बारेमा अनौपचारिक जानकारी मागेको बताइएको छ । मन्त्रायका प्रवक्ता गजेन्द्र ठाकुरले मेटाको ठेगानामा नेपालको कानूनबमोजिम दर्ताका लागि आवश्यक विवरणको सूची पठाएका छन् । सरकारले आजैबाट फेसबुक, हाम्रो पात्रो समेत २६ प्लेटफर्म दर्ता नभएसम्म निष्क्रिय बनाउन दूरसन्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरिसकेको छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल