Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेट्रोका घुमुवा फिर्ता गर्दै पोखरेल

काठमाडौं । महानगरीय प्रहरी (मेट्रो पुलिस) ले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी खारेज गरिदिएको छ । महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले सूचना संकलनका लागि भनेर यसअघि परिचालन हुने गरेका २५ जना घुमुवा प्रहरीलाई फिर्ता बोलाएका हुन् ।
डिआईजी पोखरेलले अब महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत कुनै घुमुवा प्रहरी नरहने बताए । सूचना संकलनका लागि भनेर परिचालन हुने भएपनि घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा मुछिएर विवादमा आउँदै गरेका थिए । घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा पैसा उठाउनेदेखि अपराधिक गतिविधिमा संलग्न हुने गरेका थिए ।
‘निर्धारण गरिएको जिम्मेवारीभन्दा अन्यत्र लाग्ने गरेका कारण घुमुवा प्रहरीहरुका कारण संठनकै बदनाम हुने गरेको देखियो, डिआईजी पोखरेलले भने, अब सूचना संकलनको काम युनिटबाटै गर्छौं ।
यसअघि घुमुवाका रुपमा परिचालन भएका प्रहरीलाई कार्यालयमा फिर्ता बोलाएर नियमित काममा पठाइने डिआईजी पोखरेलले बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल