Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयर बालेन र उपमेयर सुनीताको डिप फेक भिडियो बनाउने मेडिकल व्यवसायी पक्राउ

काठमाडौं । प्रविधिको प्रयोग भन्दा पनि दुरुपयोग गर्नेहरुका कारण सामाजिक सञ्जालहरुको बद्नाम भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलको डिप फेक भिडियो बनाउने एक युवक पक्राउ परेका छन् । एआईको प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउने बाजुराका २२ वर्षका रमेशबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरोले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा मेयर शाह तथा उपमेयर डंगोलको चुम्बन गरेको भिडियो सार्वजनिक गरेको आरोपमा ती युवकलाई नियन्त्रणमा लिएको हो । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हो। उनी सिन्धुपाल्चोकका मेडिकल व्यवसायी हुन् । केहि दिनअघि मात्र, मेयर बालेन र उपमेयर डंगोलको एक फेक भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । एक सार्वजनिक समारोहमा खिचिएको भिडियोलाई तोडमोड गरेर उक्त एआइ भिडियो बनाइएको थियो। त्यसविरुद्ध, उपमेयर डंगोलले कारवाहीको माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । यसअघि, पनि ती युवकले अन्य फेक भिडिओ बनाउने गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री आरजु राणाको पनि भिडियो बनाइ सकेका छन् । यसैगरी, तीन पार्टीका प्रमुख नेताहरु नाचेको भिडियो पनि ती युवकले नै बनाएको प्रहरीको भनाइ छ ।