Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनबीच राजनीतिक सहमति भएसँगै उनी स्वतन्त्र रहेनन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंको मेयर भएका बालेन अब रास्वपा नेता बनेका हुन् । रास्वपा उपसभापति स्वार्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् बालेन रास्वपा नेता बनेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, बालेन्द्र साहः अब रास्वपा नेता । आज बिहान ४ः१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन २०७९ सालमा सम्पन्न स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए । प्रमुख दललाई हराएर स्वतन्त्र मेयर बनेपछि बालेनको क्रेज देशव्यापी बन्दै गएको हो । यही बालेनको क्रेजलाई रास्वपा र रवि लामिछानेले सहकार्यका लागि सात बुँदे सहमति गरेको हो । सहमतिअनुसार रास्वपाको नेतृत्वमा रवि लामिछानेले गर्नेछन् । रास्वपा सभापति रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल