Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्। आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ । मिडिया हबले केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ । मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनेछिन् । मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यो टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो। फूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताएका छन्।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल