Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्चीका ३३ प्राडो क–कसले निले ?

काठमाडौं । राजधानीवासीको तीन दशक लामो सपना साकार हुँदा नहुँदै असारमा आएको बाढीबाट ध्वस्त भएको मेलम्ची खानेपानी परियोजनाभित्रको ब्रम्हलुट यतिखेर चर्चाको शिखरमा छ । राष्ट्रिय गौरवका कुनै पनि आयोजनाहरुमा आवश्यक पर्ने सवारी साधन भन्सार छूटमा भिœयाउने सरकारको नीतिलाई ठेकेदार तथा भ्रष्टहरुले आफ्नो हात जगन्नाथ गरेका समाचारहरु पनि नआएका होइनन् । सन् २०१५ मा इटालियन ठेकेदारद्वारा भिœयाइएका ३३ वटा प्राडो गाडी कुन नेताले चढे ? कुन व्यापारीले कुम्ल्यायो ? त्यसको खोजिनिती बल्ल हुन थालेको छ । इटालियन ठेकेदारले भन्सार छूटमा भित्र्याएका गाडीहरु बिरा मोटर सर्भिसलाई भाडामा लगाएको थियो ।

ठेकेदारले काम छाडेर हिँडेपछि ती गाडीहरु बिरा मोटर्सले तत्कालिन मन्त्री बिना मगर, सचिव माधव बेलबासे र आयोजना प्रमुख तिरेस खत्रीलाई मनाएर बिक्री गरेको थाहा भएको छ । ती गाडी जफत गर्न मेलम्ची विकास समितिमा लामो समय कार्यरत र हाल विभागमा उपमहानिर्देशकको रुपमा रहेका सूर्यराज कँडेलले खानेपानी मन्त्रालयलाई पत्र लेखे । त्यो पत्र बिरा मोटर्सको पैसाले दबायो । त्यहाँ मन्त्री बिना मगर पनि मुछिन पुगिन् । बिरा मोटर्सले गाडीहरुको मेन्टिनेन्स खर्च बढी भएको बताएर प्राडो भाडामा लगाइरहेको अवस्था छ । भन्सार नतिरेको कुनै पनि गाडी राज्यले जफत गर्न सक्छ । तर तत्कालिन सचिव र मन्त्रीले बिराको गुलियोमा रमाए भन्सार मिलाउने काम तिरेस खत्री जस्ता चतुरहरुले गरेको सूत्रको दाबी छ । तत्कालिन मन्त्री बिना मगर मेलम्चीका नाममा निकै खटिन् ।

उनले जाने बेलामा १४ अर्बको ठेक्का ठेकेदारहरुलाई बाँडेर मेलम्ची प्रोजेक्टको उपआयोजनाको रुपमा लिइने आयोजना कार्यान्वयन निर्देशनालयलाई समेत भद्रगोल बनाएर छाडेकी छिन् । उनले ठेक्का दिएका ठेकेदारहरुले अहिलेसम्म कामको सुरुआत गरेका छैनन् । भन्सार छूट गर्दा राज्यलाई तिर्नुपर्ने राजश्व कुनै पनि विदेशी कम्पनी या प्रोजेक्टहरुले आफ्नो योजना सफल भएपछि तिर्ने र भौतिक सामग्रीहरु राज्यलाई सुम्पनु पर्ने कानुनी प्रावधान भए पनि इटालियन ठेकेदार भागेपछि ३३ वटा प्रोडो गाडी आफ्नो खुशीले रोजेका भ्रष्टहरुलाई महालेखापरीक्षकको प्रतिवेदनले यतिखेर निन्द्रा बिथोलिदिएको बताइन्छ ।

वर्तमान सरकार मेलम्चीलाई पूर्णता दिलाउन झण्डै २ अर्बको खाँचो परेकोमा समयमा व्यवस्थित गर्ने तयारीमा देखिँदैन किनकि विभागीय मन्त्री छैनन्, सचिवलाई मेलम्चीको मेलोमेसो छैन । मेलम्चीसँग सम्बन्धित तिरेस खत्रीहरु अहिले खानेपानी व्यवस्था विभागको महानिर्देशक बनेर गएका छन् भने तत्कालिन सचिव जागिर सकिएपछि पनि पुरस्कार पाएर लोकसेवा आयोगको सदस्य भएका छन् । सरकारले मेलम्चीलाई पूर्णता दिलाउने हो भने तिरेस खत्रीहरुलाई नै जिम्मेवारी दिएर खटाउनु पर्दछ । मेलम्चीको भित्री पक्ष र टनेलभित्रको समस्या समाधान गर्ने जिम्मेवारी पनि उनैलाई दिँदा काम हुनसक्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल