Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्चीको नाउमा लुटकै संसार

काठमाडौं । राजधानीका जनताको खानेपानीको हक पूरा गर्ने प्रचण्ड सरकारको योजना उनकै नेतृत्वमा खानेपानी मन्त्री महेन्द्र यादव, हाल सरुवा भइसकेका भ्रष्ट सचिव रामआधार साह, प्रशासन महाशाखाका भ्रष्ट सहसचिव अर्जुन गौतमले पूरा हुन नदिने भएका छन् । मन्त्रालय मातहत रहेको आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशकदेखि केयुकेएलको व्यवस्थापनमात्र होइन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणा अहिलेको टिमबाट दिक्क छन् । खानेपानी विभाग र मेलम्ची खानेपानी विकास समितिलाई समेत भ्रष्ट सचिव र सहसचिवको साथ छैन । भ्रष्टको जोडीले मन्त्रालयलाई घुसखोरीको केन्द्र बनाएको बेला त्यहाँ नौ महिनापछि पुनः सुरेश आचार्य सचिवमा सरुवा भएका छन् ।
गुणस्तर तथा नापतौल विभागमा रहेका बेला बदनामी कमाएका पूर्व सचिव साहलाई सहसचिव गौतमले साथ दिँदा मन्त्री महेन्द्र यादवलाई प्राविधिक पक्ष कुहिराको काग भएपछि सचिव साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा थन्क्याइएको हो । एमालेको सांसदबाट राज्यमन्त्री, वनमन्त्री बन्दै मधेशवादी पार्टीमा लाग्दा पनि महेन्द्र यादव कृषिमन्त्री, जलश्रोत तथा ऊर्जा र महिला बालबालिका मन्त्री भएकै थिए । उनलाई यस पटक यो मन्त्रालय भन्ने थिएन । केबल मन्त्री पद चाहिएको थियो । जनमत पार्टीले मन्त्रालयको कार्यक्षेत्र र जनसम्पर्क नबुझेर ठूलो मन्त्रालय खोजेपछि महेन्द्र यादवलाई खानेपानी मन्त्री बन्ने अवसर जु¥यो । जहाँ काम भन्दा कमिशनकै चक्कर बढी छ । अहिले रविन्द्र यादव नामका भाईबाट कर्मचारीहरू पीडित छन् । चुुनाव अगाडिसम्म काँग्रेसका कृष्ण सिटौला पक्षका उमाकान्त चौधरी जस्ता घुस्याहा लम्पटको सचिवालयका जन्तिले गाडी, इन्धन र पैसा मागेर हैरान भएको आयोजना कार्यान्वयन निर्देशनालयमा अहिले डा. बाबुरामको पार्टी समाजवादीबाट पीडित छ । काँग्रेसका चौधरीले मात्र होइन उनका दलालहरूले आयोजना कार्यान्वयन निर्देशनालयको गाडी समेत फिर्ता नगर्दा कर्मचारीहरू नयाँ शासक बन्न पुगेका चौधरीकै स्वभावका महेन्द्र यादवको जन्तीलाई रिझाउन भ्याइनभ्याई भएकै हो । राजधानीका जनताको जीवनमा खेलवाड गर्न र सबैको नजर राज्यश्रोतमा परेपछि कर्मचारी वर्ग समेत सरकारी चरित्र विरुद्ध लाग्न बाध्य पारिँदैछ ।
अर्जुन र उमेश भिड्दै
उता उपत्यका खानेपानी लिमिटेडको कार्यकारी बन्नका लागि बोर्डले आठ जनाको नाम लिष्टिङ गरेको छ । बोर्डको लिष्टिङमा परेका उमेश मरहठ्टा र अर्जुनबाबु ढकाल दुवै गोरखाली हुन् । खानेपानी संस्थानको महाप्रबन्धक भएका अर्जुन र उमेशबाबुमध्ये एक जना केयुकेएलको सिइओ बन्नेछन् । बोर्डकै चलखेलमा ज्ञानेन्द्र कार्कीलाई प्रतिस्पर्धामा सामेल हुने ठाउँ राखिएन । कार्की निमित्त कार्यकारी भएकै बेला कर्मचारीको सरुवा भएको थियो । त्यो सरुवाप्रति बोर्ड अध्यक्ष तिरेश खत्री मन्त्री यादवले समेत साथ दिँदा ठूला नेताहरूको मन्त्रालय आउजाउ अर्थ लागेन । त्यहाँ सिइओ बन्न प्रकाश राई, ज्ञानेन्द्रप्रसाद चापागाई र रमेश केसी पनि प्रतिस्पर्धी छन् । उनीहरू केयुकेएलकै कर्मचारी हुन् । प्राविधिक पदमा चासो राख्ने हिसिला यामीको नाम पनि अहिले विकाइँदैछ । यिनै यामी मन्त्री हुँदा एडिबीको ऋण लिएर मेलम्ची परियोजना लागू गर्न खानेपानी संस्थान, उपत्यका खानेपानी लिमिटेड, खानेपानी महसुल निर्धारण आयोग, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड जस्ता नयाँ संरचना बनेका हुन् । केयुकेएल बोर्डले प्रतिस्पर्धीको छानविन गरी ३ जना छनोट गरेर तीनैमध्येबाट सिइओको नाम सिफारिश गर्नेछ ।


सम्बन्धित समाचार