Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बहुचर्चित मेलम्ची परियोजनाले २२ वर्ष पुग्दा असारसम्म बल्ल सुन्दरीजलमा पानी झार्दैछ । पानी त मेलम्चीबाट सुन्दरीजल झर्छ तर राजधानीमा वितरण हुन्छ कसरी ? सचिव माधव बेलबासेदेखि प्राविधिकहरू शंका गर्दैछन् । सिनो हाइड्रोले नेपाल विद्युत प्राधिकरणमा गुमाएको साख बचाउन मेलम्चीको ठेक्कालाई दिन रात नभनी समय अगावै सम्पन्न गर्ने तयारी गर्दैछ । मेलम्चीको सुरुङ २६ किमी छ । त्यसमध्ये २२ किमी ढलान भएको सूत्रहरू बताउँछन् । हिजो सरकारी पक्षलाई दोषी बनाएर फाइदा लिने घनश्याम भट्टराई, गजेन्द्र ठाकुर जस्ता भ्रष्टले स्थानीय जनताको आवाज सुनेनन् ।
मन्त्रीलाई पंगु बनाउने काम यिनैले गरेका हुन् । तर उनीहरूलाई कारबाही होइन, सम्मान गर्दै भ्रष्टाचार गर्न प्रोत्साहन दिइयो । यता पाइप विस्तार र परीक्षणले तिव्र गति लिएको छ । सडककै कारण धेरै ठाउँमा पाइप फुटेका छन् । २२ वर्षदेखि कुनै प्रोजेक्ट अलपत्र पारेर एडिबीको ऋणामा मस्ती गरेकाहरूलाई चिन्न सरकारले चाहेन भने मन्त्रालयले के सकोस् । हतार गर्दा विधि, निति नियम हेरिँदैन । मेलम्चीकै सहयोगी आयोजना कार्यान्वयन निर्देशनालयबाट हुने खर्च भने पारदर्शी छैन । राष्ट्रिय गौरवको आयोजनालाई सरकारले पनि महत्व दिएकै छ । त्यहीबाट तिरेश खत्री मेलम्चीको कार्यकारी बन्न गएका हुन् ।
अर्का प्राविधिक भोजविक्रम थापा आयोजना कार्यान्वयन निर्देनालयको कमाण्डमा गएका छन् । मेलम्चीको नाम सुन्दा हास्नु पर्ने दिन असारबाट अन्त्य हुने आशा गर्नेहरूले राजधानीको पाइप लाइन विस्तारमा भएको खेलाचीको भागिदार तिरेशलाई बनाउने कि भोजविक्रमलाई प्रश्न यहाँ छ । लुट सुन्दरीजलदेखि मेलम्चीसम्म भन्दा सुन्दरीजलबाट उपत्यकामा पाइप विस्तार जहाँ भएको छ त्यहाँ छ । खत्रीलाई मन्त्रालयले निर्णय क्षमतामा निडर भनेर मेलम्ची विकास समितिको नेतृत्वमा लगेको भनिन्छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल