Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्चीमाथि यस्तो छ षड्यन्त्र

काठमाडौं । राजधानीको खानेपानीको समस्या देखाएर एसियाली विकास बैंकले दिएको ऋणले नेपालीको टाउको खाएको छ । उपत्यकामा मेलम्ची आउने सपना क्रमशः तुहाउन भ्रष्टहरू कम्मर कसेर लागेका छन् । एडिबीबीको ऋण काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको थाप्लोमा छ । तर परिचालन गर्ने केयुकयल मार्फत् आयोजना कार्यान्वयन निर्देशनालयमा खानेपानी मन्त्रालयको सहसचिवले गरेको छ । पीआईडीअन्तर्गत जति पनि भ्रष्टाचार र लापरबाही भएका छन् त्यसको जस अपजस पत्ता लगाउने मन्त्रालयले हो । तर विभागीय मन्त्री बिना मनगरलाई पिआईडीभित्र भएको अपराधको चासो छैन । कैयौं ठाउँमा पाइपको गुणस्तर नहुँदा फुटेको छ । सडकको बेहालसँग मेलम्ची जोडिएको छ । सरकारले याग्री र लार्केको पानीमा झण्डै २ अर्ब ६५ करोड खर्च गर्दैछ ।

मेलम्ची कसैको कमाइको केन्द्र भयो केयुकेएल र खानेपानी व्यवस्थापन बोर्डलाई ऋणको भार तिरेश खत्री जस्ता भ्रष्टहरूले पाइप विस्तारमा गरेको गडबडी हेर्ने हो भने खानेपानी मन्त्रालयले कपट फेला पाथ्र्यो । पाइप विस्तार गर्दा दुई तिरबाट विछ्याइएका पाइप बीचमा खाली राखिएको त छैन ? त्यही कारण मेलम्ची क्षेत्रको संरचना हेर्न पानी सोझ्याएको भए सुरुङको सतह पत्ता लाग्थ्यो । सुन्दरीजलबाट पानी पठाएर पाइप जडान गरिएका ठाउँको अवस्था थाहा हुन्थ्यो । बीचबीचमा पाइप जडान नभएका ठाउँ पत्ता लाग्थे । मन्त्री बिना मगर आफैं जान्ने छिन् उनले यो कुरा बोर्डका कर्मचारीले भन्दा किन सुन्थिन् । तिरेश खत्रीहरूको लुटमा मन्त्रीको साथ छ । मन्त्रालयमा नयाँ सचिव त आए । उनी स्वच्छ छन् ।

माधव बेलवासेले बताएअनुसार मेलम्चीका बाँकी काम मुखले रोकिँदैन । तर व्यवहारमा इटालियन ठेकेदारले छाडेको काम गर्न गएको चाइनिज कम्पनी सिनो हाइड्रोले आयोजनाको अवलोकन गर्दा पेटी ठेकेदार र मजदुरहरूको रु १ अर्ब ६७ करोड चार लाख भुक्तानी गर्न बाँकी भएको विषय बाहिर आयो । यहाँ सरकारले सोझै डाँका गिरी गर्दैछ । सिएमसीको बैक ग्यारेन्टी र धरौटी बापतको ४ अर्ब १० करोड जफत गर्ने सिएमसीले काम लगाएका ८८ भेण्डर आठ सय मजदुरको काम गरेको पैसा दिन्न भन्न कसरी सक्यो । कम्युनिष्ट पार्टीको लुटाहा सरकारले । सिनो हाइड्रो आफैं बेइमान कम्पनी हो भन्ने जान्दाजान्दै सरकारले कोलमा खुट्टा हालेको छ ।

सिएमसीले आफूले भुक्तानी गर्नु पर्ने भनिसकेपछि पैसा उसकै हो दिलाउन के अपात ? काम लगाउने कामको पारिश्रमिक नदिने नियम कहाँ छ सूर्यराज कँडेल जी ? आफूले काम लगाएको कम्पनीले काम छोड्दा त्यसको दायित्व कहाँ कति छ त्यसको विवरण मेलम्ची विकास समितिले बुझ्नु पर्छ कि पर्दैन ? त्यहाँको भ्रष्टाचारका कारण मेलम्ची २ भित्रको लुट छोपिएको छ । जहाँ भेरिएसन अर्डर अनुसार काम कति भएका छन् ? त्यसको खोजी गर्दा तिरेश खत्रीहरू माथि अहिले किन पनि अख्तियार लाग्दैन ? पैसा भएपछि सबैतिर पहुँच हुन्छ भनेर फूर्ति नलाए हुन्छ अपराधी बाँधिन समय लाग्छ । भ्रष्टहरूको सन्नती माथि पनि छानविन हुन्छ । ललित निवास जग्गा प्रकरण यसरी उल्टिन्छ भनेर कसैले सोेचेको थियो ? तिरेश खत्रीहरूले याद राख्न सकेका छैनन् । पैसाको उन्मादले जाड पिउँदै तरुनि लिएर घुम्न हिँडे जस्तो होइन पिआईडीभित्रको ब्रम्हलुट । मेलम्चीसँग नेकपाका अध्यक्ष पुष्पकम दाहाल जोडिएको आयोजना हो । बिना मगरलाई क्षमता भएर खानेपानी मन्त्री बनाइएको होइन भन्ने कुरा सबैलाई थाहा छ ।