Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्चीमा पहिरो जाँदा ८ जना वेपत्ता

काठमाडौँ । लगातारको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् । उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका एक जनाको आधा शरीर पुरिएको र उद्धारको लागि गुहार गरिरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम जारी रहे पनि उनलाई अहिलेसम्म निकाल्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये २ जना भारतीय र ७ जना विराटनगरका नागरिक रहेको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीलगायत स्थानीयको टोलीले उद्धार जारी राखेका छन् ।