Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेसको खाना खाएर डीएसपीकै कार्यकक्षमा सुते खाँण

काठमाडौं । गरिबका घरमा पुगेका भीआइपी पाहुना जस्ता भए पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीका लागि । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो । बुधवार बिहान पक्राउ परेका खाणलाई अपराह्नसम्म काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो । त्यसपछि प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाण कतै जान तयार भएनन् । प्रहरीले पनि जोडबल नगरेको स्रोतले बतायो । उहाँले यतै बस्ने इच्छा व्यक्त गर्नु भयो, हामीले सबै कुरा विचार गरेर यतै सुत्ने व्यवस्था मिलाएका हौं, परिसर स्रोतले भन्यो । खाणलाई प्रहरीले अहिलेसम्म हतकडी लगाएको छैन । यही मुद्दामा पक्राउ परेका बिचौलियाहरूलाई हतकडी लगाएर अदालत लगिँदा खाण भने फुक्का थिए । हाई प्रोफाइल भएकै कारण फरक व्यवहार गरिएको भनेर प्रहरीले आलोचना खेपिरहेको छ । स्रोतका अनुसार बुधवार साँझ खाणका आफन्त उनको कपडा लिएर परिसर आएका थिए । उनकी श्रीमती मञ्जु भने हालसम्म नआएको बुझिएको छ । यो प्रकरणमा मञ्जुको नाम पनि जोडिएको छ । श्रीमान् पक्राउ परेपछि उनी मोबाइल स्विच अफ गरेर बसिरहेकी छन् । खाणलाई घरबाट खाना पनि ल्याइएन । उनले हिजो राति परिसरकै मेसको खाना खाएका थिए । तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग सामाजिक सञ्जालमा भएको कुराकानी फेला परेपछि प्रहरीले खाणलाई नियन्त्रणमा लिएको हो ।


सम्बन्धित समाचार