Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मैत्रीपूर्ण फुटबलले पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ प्रदान गर्‍यो : महावाणिज्यदूत कार्की

काठमाडौं । नेपाल–मौरिसस विजनेस काउन्सिलले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न आएको मौरिससको राष्ट्रिय फुटबल टोलीलाई नेपालका लागि मरिससका अवैतानिक महावाणिज्यदुत गणेश कार्कीको प्रमुख आथ्यित्यतामा रात्रि भोजको आयोजना ग¥यो । कोभिडका कारण सहभागिता न्यून रहे पनि खेलसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको कार्यक्रममा सहभागिता देखिन्थ्यो । दशरथ रंगशालामा पनि कोभिडको प्रभावका कारण खेल हेर्न चाहने सबैलाई टिकट दिने सम्भावना भएन ।
खेलकुदले दुई देशको सम्वन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाईचारा सम्बन्ध विकास गर्ने गरेर सन्देश प्रबाह गरेको छ, रात्रिभोज कार्यक्रममा महावाणिज्यदूत कार्कीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर हामी अव खेलकुद माध्ययमले पर्यटन लगाएका क्षेत्र चलाएमान गराउन सक्छौँ भन्ने बिश्वास पनि लिएको बताउँदै मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र मौरिससबीच मैत्रीपूर्ण सम्वन्ध कायम गर्नुका साथै खेलकुदका साथै खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अखिल नेपाल फुटबल संघ तथा अध्यक्ष कर्मा छिरिङ शेर्पाप्रति पनि आभार प्रकट गरेका थिए । मौरिससको राष्ट्रिय टोलीका सदस्यलाई महावाणिज्यदूत कार्कीले मायाको चिनो प्रदान गरे ।
यस्तै, नेपाल–मौरिसस विजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपालललाई बधाई दिँदै मौरिससको टोलीले राम्रो खेल प्रदर्शन गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष लामिछानेले खेलकुदको माध्ययमबाट पर्यटन प्रबर्द्धन र दुई देशबिचको ब्यापार प्रबर्द्धनका लागि समेत यो भेटघाट महत्वपुर्ण भएको बताए । कार्यक्रममा सचिव युवराज कार्की, कोषाध्यक्ष रजनी थापा लगायतको उपस्थिति रहेको थियो ।