Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मैदान छाड्ने पौडेलको योजना

काठमाडौं । पार्टीभित्रका सधैंका प्रतिपक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि १४औं महाधिवेशन भारी हुने देखिएको छ । पहिले साथ दिनेहरुले पनि आफ्नै झूण्ड बनाएका कारण उनी मैदान छाडेर सहज पोजिसन बनाउने योजनामा छन् । नेपाली काँग्रेसका सभापति रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा नेतृत्वको दाबी नगर्ने संकेत गरेका छन् । उनले देउवाविरुद्ध साझा उम्मेदवार बनाउन आग्रह गर्दै त्यस्तो संकेत गरेका हुन् । हामीबाट मिलेर साझा उम्मेदवार बनाऔं, पौडेलको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, तपाईंहरु मिलेर साझा उम्मेदवार बनाउन सक्नुभयो भने म छाड्छु होइन भने मलाई साझा उम्मेदवारका रुपमा साथ दिनुहोस् ।
बैठकमा विकल्पसहित प्रस्तुत भएका पौडेलले काँग्रेसलाई जोगाउन आफू जस्तोसुकै त्याग गर्न तयार भएको बताएका थिए । उनले सहमतिको साझा उम्मेदवार आफू हुनसक्नेमा पनि जोड दिएका थिए । पौडेलले आजको बैठकमा १३औं महाधिवेशनमा आफ्नो पक्षमा रहेकाहरुलाई डाकेपनि केही प्रभावशाली नेताहरु अनुपस्थित रहे । पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य सुजाता कोइराला अनुपस्थित भएका थिए ।