Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका.१५ हलचोकबाट पार्किङ गरी राखेको प्रदेश.३ ०२.००१ ब ६८८ नम्बरको मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी घर भएका २१ वर्षीय सुजन लामा, धादिङ महादेवस्थान थाक्रे गाउँपलिका-४ घर भएका सुदिप परियार र धादिङ नेत्रावती गाउँपालिका-४ घर भएका २१ वर्षीय राजन तामाङ रहेका छन् । मोटरसाइकल चोरी गरी फरार भएका उनीहरुको खोजी गर्ने क्रममा धादिङ खानीखोलाबाट चोरी भएको मोटरसाइकल सहित फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर कुपण्डोल बस्ने सिन्धुली घर भएका रियज बुढाथोकीलाई चोरी गरेको प्रदेश ३-०२-००२ प ५७९४ नम्बरको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-३ किटनीबाट उनलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।