Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोटरसाइकल चोरी गर्न खोज्ने चार जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा कोल्बी नगरपालिका(६ सखुवाहा बस्ने २३ वर्षीय देवराज चौधरी, सोही नगरपालिका(५ मलहनिया बस्ने १८ वर्षीय आशा चौधरी, करहियामाई गाउँपालिका(५ ठोरिहाई बस्ने २० वर्षीय राकेश चौधरी र २० वर्षीय दिपक चौधरी रहेका छन् । उनीहरुलाई पर्सा वीरगंज महानगरपालिका(१५ प्रतिमा चोकबाट मोटरसाइकल चोरीमा प्रयोग गरिने मास्टर साँचो १ थान र प्लक २ थान सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल