Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोडलिङ र सौन्दर्यलाई सँगसँगै लैजाने सोच छ

  • मञ्जु थापा, मोडल

मोडलिङमा भविष्य खोख्नेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । गर्न सक्ने हो भने यो क्षेत्रमा नाम, दाम र प्रतिष्ठा सहजै कमाउन सकिने भएरपनि होला युवा पुस्ताको मोडलिङ प्रति आकर्षण बढेको । यसै मेसोमा पछिल्लो समय मञ्जु थापाको नाम पनि थपिएको छ । कलाकार भन्दा पहिला व्युटीसियन पेशा तथा नामबाट बढी चिनिएकी मञ्जु थापा सन् २०२१ को मिस व्युटीसियन नेपालको बिजेता पनि हुन् । मञ्जु थापा नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा नायिका बन्ने उदेश्य बोकेर बिगत पाँच बर्ष देखि निरन्तर कला क्षेत्रमा सक्रिय बन्दैआएकी छन् । आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी थापासंग गरेको संक्षिप्त कुराकानीः

० सौन्दर्यको क्षेत्रमा काम गरिरहेको मान्छे मोडलिङ प्रतिको मोह कसरी जाग्यो ?
कला र कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिला गृहनगर पश्चिम नेपालको दैलेखबाट काठमाडौंमा आएयता काम गरेको क्षेत्र भनेकै व्युटीसियन पेशा नै हो । मोडलिङ प्रतिको मोह भने सानै देखि थियो अहिले आएर मौका मिलेको हो ।

० यो क्षेत्रमा भविष्य देख्नु हुन्छ त ?
यो क्षेत्रमा मेरो प्रवेश धेरै समय बितेको छैन । तर पनि कलाकारिताले क्रमिक रुपमा उचाई पाउंदै गएको छ । सानैदेखिको आफूभित्रको कलाकार बन्ने ठूलो सपना र निरन्तर मेहनतले छोटै समयमा यो सफलता हासिल गरेकी हुँ । एउटै क्षेत्रमा निरन्तरता दिने हो भने मोडलिङमा लागेर पनि आफ्नो भविष्य सुनिश्चित गर्न सकिन्छ ।

० व्युटीसियनको प्रशिक्षण लिनु भएको छ ?
कुनै पनि व्यक्तिको हातमा सिप हुने हो भने उसलाई कामको दुख हुदैन । आफ्नो हातमा जुन सिप छ त्यही काम गरेर आफु र आफ्नो परिवार प्रतिको जिम्मेवारी पुरा गर्न सक्छ । व्युटीसियन पेशालाई अगाल्न स्वदेशमा तथा विदेशमा समेत पुगेर मैले प्रशिक्षण लिएर दक्ष व्युटीसियन बनेकीमात्र होइन काठमाडौंको नयाँ बानेश्वरमा व्युटीपार्लर खोलेर पेशागत रुपमा अगाडि बढीरहेकी छु ।

० मोडलिङ र सौन्दर्य कलालाई एकसाथ अगाडी बढाउन सहज होला त ?
व्युटीसियन पेशाले कला र कलाकारितामा लाग्न अझ धेरै सजिलो भएको छ । व्युटीसियन भएकै कारण कला र कलाकारितामा जम्न सफल भएकी छु । आफै कलाकार भएपछि कलाकारका लागि आवश्यक सौन्दर्य कलाको ज्ञान आफैमा भएको कारण धेरै सजिलो भएको छ । प्रत्येक महिला कलाकारले व्युटीसियनको तालिम लिन आवश्यक छ । यसले आफ्नो कलाकारिताको पेशालाई टेवा दिने कार्य गर्दछ । मोडलिङ र सौन्दर्य कलालाई संगसंगै लैजाने सोच बनाएको छु ।

० कस्तो खालको भूमिकामा अभिनय गर्न रुचाउनु हुन्छ ? 
बुलन्द तथा बोल्ड क्यारेक्टर गर्न रुचाउछु । यसो भन्दैमा अन्य भूमिका नगर्ने भन्ने चाही होइन । एउटा कलाकार भइसकेपछि जस्तो पनि भूमिकालाई न्याय गर्न सक्ने उसमा क्षमता हुनु पर्छ भन्ने लाग्छ ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ? 
नेपालको कलाकार भनेर विश्वभर चिनाउने ठूलो सपना अनि रहर पनि हो । यसकारण, कलाकारितामा दिलोज्यानले लाग्दै आइरहेकी छु । आफूलाई कलाकार भन्नमा नै गौरब ठान्छु त्यसैले जुन मायाँ दिइरहनु भएको छ भविष्यमा यसले निरन्तरता पाइरहोस भन्न चाहन्छु ।