Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोडल रश्मीको सुटुक्कै लगनगाँठो

एक समय लोक तथा दोहोरी गीतको भिडियोमा एकछत्र राज गरेकी मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् । रश्मीले गोर्खाका अनिलसँग विवाह गरेको फोटोहरु सामाजिक संजाल मार्फत पोष्ट गर्दै विवाह बन्धनमा बाँधिएको जानकारी दिएकी हुन् ।
सुटुक्क विवाह बन्धनमा बाँधिएकी रश्मीले गते गत १२ गते विवाह गरेको बताइएको छ । अमेरिकामा बस्दै आएका अनिलसँग विवाह गरे लगतै उनीहरु अमेरिका पुगेका छन् । लोक दोहोरी म्युजिक भिडियोमा सबैभन्दा धेरै पारिश्रमिक लिने रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् । उनले मोडलिङ गरेका गीतहरु प्राय सबै चर्चित रहेका छन् ।