Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोनाभाइरस महामारी नियन्त्रण हुन नसक्ने बताएका छन् । बीबीसी हिन्दीसँगको संवादमा प्रधानमन्त्री ओलीले भने, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरेपनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।
महामारी नियन्त्रणको सवालमा भारतले नेपाललाई अन्य देशजस्तो व्यवहार गर्न नहुने पनि ओलीको भनाई छ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अन्य देशजस्तो व्यवहार नेपाललाई नगर्न आग्रह गरेका छन् । खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन उनले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ । स्वयम आफ्नो हितको लागि पनि भारतले नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्ने मोदीलाई ओलीको सुझाव छ । खोपलाई लिएर राजनीतिकरण नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । यो समयमा राजनीतिलाई बीचमा ल्याउनु जरुरी छैन । यो खोपको मामिला हो ।
यसबारे राजनीति गर्नु जरुरी छैन उनले भने दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म धन्यवाद दिन चाहन्छु । विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहनेपनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाई छ । अब विगत हैन, चम्किलो भविष्य हेरेर अघि बढ्नु जरुरी छउनले भनेका छन्-दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन्, यसका लागि म धन्यवाद दिन चाहन्छु । विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहनेपनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘अब विगत हैन, चम्किलो भविष्य हेरेर अघि बढ्नु जरुरी छ’ उनले भने, ‘किनभने असमझदारी छिमेकीसँगै हुने हो ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल