Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोदीलाई ह्याप्पी बर्थडे भन्न पुग्दैछन् प्रम ओली

काठमाडौँ । निकै लामो तपस्यापछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बाटो खुलेको छ । दुवै मुलुकले औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक नगरे पनि नेपाली र भारतीय मिडियामा भ्रमणको सम्भावित तालिका सार्वजनिक भइरहेको छ । दुवै मुलुकका मिडियाले आ–आफ्ना स्रोतबाट प्राप्त सूचनालाई आधार बनाएर ओलीको भारत भ्रमण सेप्टेम्बर १६–१७ अर्थात् भदौ ३१–असोज १ गतेसम्म हुने जनाएका छन् । भ्रमणका तयारी, निम्तिन सक्ने सम्भावित परिस्थिति लगायतलाई ध्यानमा राखेर यस्ता मिति सार्वजनिक गर्न नहतारिने कूटनीतिक अभ्यास विश्वव्यापी छ । सोही कारण पनि दुवै मुलुकले भ्रमणको मिति अहिले नै औपचारिक रूपमा सार्वजनिक नगरेका हुन सक्छन् । अहिले मिडियामा आएकै मिति अर्थात् सेप्टेम्बर १६–१७ मा ओलीको भारत भ्रमण हुने हो भने त्यो समय निकै खास एवं महत्त्वपूर्ण हुनेछ । किनकि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन सेप्टेम्बर १७ मै पर्दछ र सार्वजनिक भएका सूचना अनुसार त्यही दिन नै उनले नेपालका समकक्षी ओलीसँग भारतको बोधगयामा भेटवार्ता गर्ने तयारी छ । ओली प्रधानमन्त्री भएको करिब १३ महिनापछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाएका हुन् । भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणका क्रममा आइतबार ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको लामो समयसम्म भारत भ्रमण गर्न नसकेको भन्दै विपक्षीले ओलीको आलोचना गर्दै आएका थिए । भ्रमणका लागि भएको ढिलासुस्तीकै कारण कतिपयले नेपाल–भारत सम्बन्ध बिग्रिँदै गएको उदाहरणका रूपमा समेत व्याख्या गरेका थिए । ओलीको भारत भ्रमण हुने लगभग निश्चित भइसकेको छ र सम्भावित तालिकासमेत विभिन्न स्रोतमार्फत सार्वजनिक भएको छ । जसअनुसार भारतीय प्रधानमन्त्री मोदीकै जन्मदिन पारेर ओलीको भ्रमण हुन लाग्नु संयोगमात्र हो या साइत नै यस्तै जुरेको हो भन्नेबारे अब स्वाभाविक रूपमा चर्चा हुने देखिन्छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल