Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मोदी इनर्जी लिमिटेडले बैशाख १९ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता र सामुहिक लगानी कोषका लागि ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरी सर्बसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता आईपीओ बिक्री गर्न लागेको सनराइज क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ५ लाख ९९ हजार ४ सय ४२ जनाले १०,१० कित्ताका दरले पाउने छन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।
पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले विद्युत उत्पादन गरिरहेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल