Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोबाइल अफ गरेर राजधानीका संक्रमित बेपत्ता

काठमाडौं । मोबाइल अफ गरेर उपत्यकाका ८ संक्रमित बेपत्ता भएका छन् । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् । कसैको फोन अफ छ त कसैको फोन नउठेको बताइएको छ । बेपत्ता हुनेहरु तराईका जिल्लाबाट आएका रहेका छन् । कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका रहेका छन् ।