Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोलुङ हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि १० गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा आईपीओ बाँडफाँट भएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ २ लाख २६ हजार ४ सय ६० जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।
कम्पनीको आईपीओमा १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५ सय ७० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २२ लाख ६४ हजार ६ सय ५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।
कम्पनीको आईपीओमा १४ लाख १७ हजार ३ सय ४६ जनाले १ करोड ५४ लाख ७८ हजार ८ सय ५० कित्ताका लागि आवेदन परेको थियो । सात हजार ५ जनाको आवेदन भने रद्द भएको थियो ।
यसअघि नै आयोजना प्रभावित स्थानीयहरुका ८ लाख २ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।
ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार