Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोहन वैद्यको यात्रामा प्रचण्ड

पहिलो संविधानसभाको विघटनपछि तत्कालिन नेकपा माओवादी विभाजित भएको थियो । जसको नेतृत्व मोहन वैद्यले गरेका थिए । विभाजनपछि सर्वप्रथम वैद्यलाई चीनले निमन्त्रणा दियो र उनी चीन भ्रमणमा गएका थिए । एक साता भन्दा लामो चीन भ्रमणबाट फर्केपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै चिनियाँ कम्युनिष्ट पार्टीले सुझाएको गोप्य कुरा ओकले ।

वैद्यले चीनले संघीयता र जातीय मुद्दा नचाहेको भनेर अभिव्यक्ति दिए । नेपालमा कथित माक्र्सवाद र माओवादको ब्यानरमा चलाइएको पहिचान र संघीयताको एजेन्डा चीन विरोधी सिआइए र युरोपियन एजेन्डा हो । त्यो क्रान्तिको आवरणमा वैद्यले बोकेका थिए र अहिले पनि बोकी रहेका छन् । अन्ततः दोस्रो संविधानसभाको बहिष्कारसम्म आइपुग्दा मोहन वैद्य किनारा लागे भने इन्डो पश्चिमाले उनीसँग रहेका नेत्रविक्रम चन्द नेतृत्वमा अर्को दल खडा गराए ।

सत्तारुढ नेकपाभित्र बसेर माधव नेपाल र झलनाथ खनालको आड भरोसामा राष्ट्रपतिलाई महाभियोग लगाएर उपराष्ट्रपतिलाई अगाडि सार्दै पार्टी र सत्ता कब्जा गर्ने प्रचण्डको योजना प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनलाई

राष्ट्रपतिले सदर गरिदिएपछि चकानचुर भएको छ । हो प्रधानमन्त्री ओली अमेरिकी पक्षमा उभिएर एमसीसी जस्तो घातक सम्झौता अनुमोदन गर्न निर्वस्त्र उत्रिएका थिए । ओलीको पार्टी विभाजन गर्ने हरेक षड्यन्त्र सम्माननीय राष्ट्रपति विद्या भण्डारीबाट रोकिएको थियो । तर जब प्रचण्ड नेपालको राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र पर्दाफास भयो राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने ओलीको प्रस्ताव सदर गर्न बाध्य हुनुपर्यो ।

यो अवस्थामा प्रचण्डले अहिले चीनले जुन एजेन्डाहरू मोहन वैद्यलाई छोड्न सुझाएको थियो तिनै एजेन्डा बोकेर मैदानमा उत्रिएका छन् । जसरी मोहन वैद्य पहिलो संविधानसभाको विघटनपछि सडकमा थिए त्यसैगरी पुष्पकमल दाहाल अहिले सडकमा छन् । फरक के हो भने त्यतिबेला मोहन वैद्यका साथमा अहिलेका गृहमन्त्री राबहादुर थापा र नेत्रविक्रम चन्द पनि थिए भने प्रचण्डको साथमा माधव नेपाल र झलनाथ खनालहरू छन् ।

अहिले प्रचण्ड, अशोक राई, उपेन्द्र यादव र बाबुराम जस्ता युरोपियन क्रिश्चियन एजेन्डा बोक्नेहरूसँग मात्र होइन माधव नेपाल जस्ता होली वाइनका नायक बोकेर सडकमा डुत्रिरहेका छन् । दाह्रा र नङ्ग्रा नभएको बाघ डुक्रँदा जसरी कोही पनि डराउँदैन त्यस्तै भएको छ अहिले प्रचण्डको अभिव्यक्ति । उनी दाह्रा नङ्ग्रा नभएका कागजी बाघ हुन् भन्ने कुरा राम्रोसँग बुझेका ओलीले २०५६ सालमा तत्कालिन एमालेबाट विभाजित वामदेव गौतमले नेतृत्व गरेको मालेको चुनावी परिणामको अवस्थामा प्रचण्ड नेपाल समूहलाई पु¥याइदिने योजना कार्यान्वयनमा छन् ।

ओलीले काँग्रेस सभापति शेरबहादर देउवासहित राप्रपासम्मको समिकरण र तराइमा जनता समाजवादी भित्रैबाट उपेन्द्र बाबुराम बाहेकको समूहसँग मोर्चाबन्दी गर्दैछन् । यो अवस्थामा नेपालको मौलिका धर्म संस्कृति विरोधी आवारा युरोपियन युनियनको क्रिश्चियन एजेन्डा बोक्ने समूहको नेतृत्वबाट अस्तित्व खोज्नु प्रचण्डको मोहन वैद्यको यात्रा हो ।

यो २०५२ साल होइन र ०६२/०६३ पनि होइन । माओवादी मात्रै होइन कथित नागरिक समाज र पत्रकारहरूको चर्च कनेक्सन जनताले बुझ्ने गरी नांगिएको छ । हो ओली समूहभित्र सुभाष नेम्वाङ र अग्नि खरेलजस्ता चर्चले चलाएका पात्रहरू छन् । तर प्रचण्डले अहिलेको चुनौती फेस गर्न तिनै नेम्वाङ र खरेल जस्ता पात्रहरू जम्मा गरेर सडकमा डुक्रँदैमा सम्भव छैन भन्ने कुरा आफ्नै राजनीतिक गुरु मोहन वैद्यबाट पाठ सिक्दा हुनेछ । अर्कोतर्फ श्रीलंकाका महेन्द्रा राजपाक्षेबाट सिक्दा हुनेछ । अन्यथा भीरबाट लड्न लागेको गोरुलाई रामराम भन्नुबाहेक विकल्प छैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल