Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कम्युनिष्ट पार्टीको सुनौलो मौका गुम्यो । प्रधानमन्त्रीको दम्ब र अहंकार सँगै उनका विस्वास प्राप्तहरुको देवत्वकरण प्रवृत्ति नै ओलीवादको रुपमा आयो । एकिकृत पार्टी फुटाएर एमाले शक्तिशाली भयो भन्नु दाउरा हटाएर परालको आगो तापेर जाडोबाट बच्ने उपाय खोज्नु जस्तै हो । पार्टी टुक्रीयो सबैभन्दा नमिठो पक्ष त्यो हो । तर एमालेमा खड्ग ओली शक्तिशाली भनेर गर्व गर्ने ठाँउ छैन । किनकी कम्युनिष्ट पार्टीलाई जनताले दिएको साथ बचेन र नेपालमा कम्युनिष्ट बढेकामा साम्राज्यवादीहरुलाई डाहा थियो । छिमेकी भारतको मोदी मण्डलीले त्यो रुचाएन । भारतकै डिजाइनमा जे भएका छन् ती सबै अहिले छरपष्ट भएका छन् । मधेसवादी दल राजपालाई साथ लिएर सत्ताको रजाइ गर्ने ओली पक्षको प्रवित्तिले कम्युनिष्ट पार्टी प्रतिको त्यो समुहको अवधारणालाई प्र्रष्ट पार्दछ । आफैले मौका चिन्न नसक्दा र जनताको मत बचाउन नसक्दाको परिणाम दुर्ई तिहाई समर्थन बचाउने अवस्था भएन । एमालेमा पदधिकारीहरु माधव पक्षकै बहुमत छन् । अध्यक्ष महासचिव र एक उपमहासचिव लिएर पार्टीमा बलियो भन्नु को के अर्थ ?
पार्टीका पूराना नेताहरु माधव नेपालसँगै छन् । तर ओलीपक्ष गौरव गरिरहेको छ । यो समूहसँग महाभ्रष्ट ज्यानमारा, तस्कर राजस्वमारा कै जगजगी छ । जहाँ मोहन चन्द्र अटदैनन् त्यहाँ कोमल ओली, दीपक मनाङ्गे, अमिर गुरुङ्गको महत्व हुन्छ । पार्टी सिद्दान्त र विचार त्यागेपछि सत्ता समिकरण पहिलो एजेण्डा भयो । ओली शैली र सिद्दान्तले मेरो गोरुको बाह्र टक्काको नीति अवलम्बन गरेको कुरा उसको तीन वर्षे बजेट प्रस्तुती र असफलताले झल्काउँछ । कस्तो मान्छे ओलीले अर्थमन्त्री बनाए । तीनले कस्ता कार्यक्रम ल्याए । देशको ऋण कति थपियो भन्ने तिर सोच्दा पनि पार्टीको बकालतलाई कठ्ठै भन्नु पर्छ । त्यसैले अहंकार त्यागेर गल्ती महशुस गरेर अझै पनि भत्केको पार्टी पून जोड्न जति उपयुक्त हुन्छ त्यो उपयुक्त एमालेमा ओली शक्तिशाली बन्दा मै हुदैन । गाली विद्याले परिवर्तन नै संकटमा जानेर नजानेर अहंकार देखाएर वा सत्ता र कुर्सीलाई महत्व दिदै सिद्दान्त विचार पद्धति र विधि प्रकृयाको ख्याल नगरि नेकपाको तत्कालीन नेतृत्वले मनपरी गर्दा नेकमा एमाले र माओवादी तीन वर्ष पूरा समय पनि एउटै पार्टीमा टिक्न सकेनन् ।
पार्टी एउटा अध्यष्क्ष दूईवटा राखेर बनेको पार्टीका पाईलटहरुको चरित्र व्यवहार, कार्यशैली त के पार्टीको मुल एजेण्डालाई ग्रहण गर्ने कुरामा समेत मन मिलाउन सकेनन् । एमाले र माओवादीको चुनावी मोर्चा बन्दा नेपाली काग्रेसलाई चुनाव जित्न कठिन भएका जिल्ला धेरै छन् । देशभर बलियो गठबन्धनले वागमति प्रदेशका अधिकांश जिल्लाको चुनावी परिणामबाट देखाएको बामएकता र सहकार्यलाई समेत अबका दिनमा एमाले माओवादीले बचाउने यही अवस्थाका दिनमा टिकाउन कठिन छ । किनकी नेताहरु तुच्छ भएकै हुन् । नेताको बोली नेकपाको सिद्दान्त र विचारमा आधारित थिएन । संसद भंग गरेपछिका दिनमा सरकार पक्ष र पार्टीको नेतृत्व बिचमा गाली पूराणले स्थान पायो । कार्यकर्ता जो गुटमा समेटियो उसको चरित्र पनि विवादीत बोली तुच्छ नेताभन्दा कम भएन । जनताको चाहना त्यो थिएन । प्रमको हैसीयतले केपि ओलीले विकासे कुरा निकै भट्याए । तर उनको नेतृत्वको सरकारले थालेर सम्पन्न भएका कुनै योजना छैनन् । २५-२६ वर्ष अगाडिको झण्डै ३५ अर्ब खर्च भएर पनि पूर्णता नपाएको मेलम्चीको जस लिने कसरथ सरकारको तहबाट भएपनि पूराना दर्जनौ राष्ट्रिय गौरवका आयोजना अलपत्र छन् । विकासका एजेण्डाका बारेमा नेकपाको पार्टी तहमा कहिल्यै बहस भएको सुनिएन । यो सरकार र पार्टी नेतृत्वको विकास प्रतिको सोच के हो ? जनताले अहिलेसम्म महशुस गर्न सकिरहेको छैन ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल