Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मौका छोपेर सडक रङ्गाइदै

काठमाण्डौ । मेलम्ची खानेपानी परियोजना अधुरै भए पनि काठमाण्डौको खानेपानी समस्या समाधान गर्न सुन्दरीजलमा जम्मा भएको पानी वितरण प्रर्णालीमा समावेश गरेपछि खानेपानीका पुराना पाइप मात्र होइन नयाँ जडान गरिएका पाइप समेत फुटेर ध्वस्त भएको सडक रङ्गाउने काम शुरु भएको छ । केयूकेयलले पूरानो पाइप मर्मत गर्ने चासो नदिदाँ खानेपानी मन्त्री मणि थापा सचिव माधव बेलबासेसम्म गुनासो चाङ थुप्रियो । यो समस्या मन्त्री परिषदको बैठकमा समेत प्रवेश गर्यो ।

सरकारले भौतिक पुर्वाधार मन्त्रालय मार्फत सडक मर्मतका निम्ति बजेट छुट्याए । पाइप मर्मतका निम्ति खानेपानी मन्त्रालयले बजेट व्यवस्था गर्यो । त्यही बजेटबाट सडक विभाग र डिभिजन सडक कार्यलयहरुले केयूकेयल मार्फत प्राप्त बजेटका आधारमा पानी चुहावट भएर विग्रेका सडक मर्मत अभियानलाई पनि जोड दिएका छन् । प्रधानमन्त्री केपि ओलीले दिएको निर्देशन अनुसार खानेपानीको पाइप मर्मत र भत्किएका सडक मर्मत गर्ने अभियान चलाइएको छ । कोरोनाका कारण सबै तिर यातायात सञ्चालन कम हुँदा सडक खुकुलो भएको मौका पारेर कालो पत्रे सडकमा जेब्राक्रसको मात्र होइन लेन छुट्याउदै सडक सिङ्हार्ने अभियान चलेको छ । राजधानीका सडकहरु वर्षाको बेला हिलो, गर्मीको समयमा धुलोले रङ्गीने गर्छन् । सडक मर्मतका निम्ति सडक विभाग मार्फत करोडौ खर्च भएपनि गुणस्तरिय काम नहूँदा पिच उक्किने , खाल्डो पर्ने गरेको छ । निर्माण सामाग्रीको गुणस्तर नहूँदा र मर्मत खर्चमा भागबण्डा लाग्दा सडकको दुरदशा यस्तो अवस्थामा आएको हो । सरकारी तहबाट ठेक्का लागेका कामबाट गुणस्तरको ख्याल नगर्ने संस्कार बसेको छ । निर्माणको क्षेत्रमा सरकारले कठोर निति अपनाउन नसक्दा राज्यको अरबौ रुपैया नस्ट भएको छ । कालीमाटी, विजुलीबजार, तिनकुनेमा निर्मित पुलहरु गुणस्तर हिन हुँदा पप्पु कन्ट्रक्सनका रौनियार कारबाहीमा समेत परेका छन् । उनको संसद पद समेत निलम्बनमा परेको छ ।

जनता समाजवादी पार्टीको पर्सा जिल्लाबाट निर्वाचत सांसद रौनियारको कम्पनी पप्पु कन्ट्रक्सनले लिएका ठेक्का विवादीत अवस्थामा छन् । यो कम्पनिले पूल निर्माणलाई प्राथिमिकतामा राखेर काम गर्दै आएको थियो । मेलम्चीको पानी चुहावट हुँदा राजधानीका सडकहरु विग्रेका हुन् । त्यस्ता ठाँउमा मर्मत अभियान चलाएको सडक डिभिजन कार्यलय काठमाण्डौका प्रमुख सम्सेर बहादुर नेपालीले बताउँदै आएका छन् ।


सम्बन्धित समाचार