Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मौद्रिक नीतिमा निजी क्षेत्रको यस्तो छ माग

काठमाडौं । अर्थतन्त्र धरासायी भइरहेको बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तयार गर्दैछ । निजी क्षेत्रका उद्योगीले अब आउने मौद्रिक नीतिमा व्याजदरका विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् । राजधानीमा आयोजित साक्षात्कारमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेट जत्तिकै महत्वपूर्ण भएको बताउँदै सबै क्षेत्रलाई राहत मिल्ने गरी ल्याउनुपर्ने बताए । अबको तरलताको व्यवस्थापनका लागि मुख्य आशा नै मौद्रिक नीति भएको बताउँदै उनले मौद्रिक नीतिमा मुख्यतः पुनःकर्जा, व्याजदर र पुनःसंरचनालाई जोड दिए । नेपाल बैंकर्स एशोसिएनका पूर्वअध्यक्ष तथा नेपाल बङ्गलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भए पनि अपेक्षा पूरा नभएको भन्दै गुनसो गरे। नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । पुनःकर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी भइरहेको उनको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकाले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक हुनुपर्ने बताए । नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्ने उनको भनाइ छ ।