Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मौसमको खराबीले चार हेलिकोप्टरको आकस्मिक अवतरण

काठमाडौं । खराब मौसमका कारण लुक्लाबाट उडेका ४ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो ।
बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ४ वटा हेलिकप्टर मौसममा आएको गडबडीका कारण काभ्रेमा आकस्मिक अवतरण गरिएको हो ।
मौसमका कारण भिजिविलिटी कम भएपछि मनाङ एयर, सिम्रिक एयर र कैलाश एयरका हेलिकोप्टर बीच बाटोमै अवतरण गर्नु परेको विमान कम्पनीले जनाएका छन् ।
४ वटा हेलिकप्टरमध्ये ३ वटा पाँचखाल–२ जोरपाटीमा अवतरण गरिएको छ भने एउटा होक्सेमा अवतरण गरिएको हो । मौसममा सुधार आउनेवित्तिकै काठमाडौं उड्ने विमान कम्पनीले जनाएका छन् । हेलिकोप्टरमा ४ चालक तथा विदेशी पर्यटकसहित २१ जना सवार छन् ।