Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म्यानचेस्टरसँग सम्बन्ध बिग्रिएपछि साउदी पुगे रोनाल्डो

एजेन्सी । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन्। फुट मेर्काटोले उल्लेख गरेअनुसार उनी बुधबार अबेर साउदी अरेबियाको रियाद आइपुगेका हुन्। म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध बिग्रिएपछि क्लब छाडेका रोनाल्डो साउदीको अल नासरमा आबद्ध हुँदै छन्। गत नोभेम्बर महिनामा युनाइटेड र उनी सम्झौता रद्द गर्न तयार भएका थिए। यससँगै उनी अहिले क्लबविहीन छन्। यस्तोमा उनी साढे २ वर्षको लागि अल नासरमा आबद्ध हुन लागेका हुन्। साउदी क्लब र रोनाल्डोबीच डिसेम्बर ३१ भित्र सम्झौता भइसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। समाचारमा उल्लेख गरिएअनुसार अल नासरले रोनाल्डोलाई सन् २०२५ को जुनसम्मका लागि अनुबन्धन गर्न लागेको हो। युनाइटेडमा रहँदा क्लबसँगको झगडाको कारण रोनाल्डो विवादमा आएका थिए। युनाइटेडसँगको सम्बन्ध तोडिएपछि कतार विश्वकपमा पनि पोर्चुगलका प्रशिक्षकसँग उनको सम्बन्ध राम्रो रहन सकेन। विश्वकपको अन्तिम १६ र क्वार्टरफाइनलको खेलमा रोनाल्डोले सुरुवाती ११ खेलाडीमा खेल्न पाएका थिएनन्।