Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म्यानमारमा ५०० आन्दोलनकारीको मृत्यु, फोहोर फालेर विरोध

काठमाडौं । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध गरेको जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले आजबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । सेनाको सो कदमविरुद्ध आन्दोलन जारी छ । आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । समाचार एजेन्सीमा अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ । सोमबारमात्रै १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आन्दोलनकारीहरुले सडकमा राखेका बालुवा भरिएका बोराहरु सेनाले विशेष प्रकारको हतियार प्रयोग गरी हटाउने गरेको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शनमा दमन नगर्न आग्रह गरे ।


सम्बन्धित समाचार