Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा…’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्क मार्फत सार्वजनिक गरिएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको पोष्ट प्रोडक्शन ‘बि स्क्वायर मिडिया र रेकर्डिङ द पिक स्टुडियोमा भएको थियो । संगीत सागर मगरव्दारा निर्देशित उक्त म्युजिक भिडियोमा सम्वाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनी मिश्रण दिनेश राजवाहक, छायांकन तथा सम्पादन बिश्वास भण्डारी, मेकअप क्रितिका श्रेष्ठको रहेको छ भने वाँसुरीमा संजीव मैनाली, गितारमा राहुल बिकले गीतलाई थप कारुणीक बनाएका छन् ।
‘अहिलेको बिषम परिस्थिति र बिश्वभरी आक्रान्तभइ फैलिएको (कोभिड १९) को महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिंडेका युवापिढी जो शहरका डेरामा बसी क्रुरता जीवन भोगिरहेका छन् त्यस्तो जनजीवनलाई लक्षित गरि गीत मार्फत उजागर गरेको छु ।’ गीतकार फुलाराले भने ।
गीतकार फुलाराको यस अघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ.., कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो..’ जस्ता कारुणीक गीतहरु सार्वजनिक भइसकेका छन् । साहित्यिक फाँटमा उहाँका कृतिहरुः ‘नफापेको मान्छे’ (उपन्यास), पाठकहरुले सर्वाधिक मन पराएको उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी र नेपाली संस्करण, नेपाली भाषा र साहित्यको इतिहास ‘त्यहाँ देखि यहाँसम्म’ पाठक माझ आइसकेका छन् ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल