Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यति समूहको संरक्षक ओली

काठमाडौं । राजनीतिक दबावले अनुसन्धान प्रभावित हुँदा थन्केको नेपाल ट्रष्टको दरबारमार्गको एक रोपनी १४ आना जग्गा लिज काण्ड बल्ल उदांगो भएको छ । एमाले अध्यक्ष केपी ओलीले माओवादी पक्षका कर्मचारी हुन् कि जनप्रतिनिधिले एक दुई हजार तलमाथि गर्दा अख्तियार लगाउँथे । तर आफ्नै पिए राजेश बज्राचार्यलाई यति समूहबाट ४ करोड ५० लाखको दरबार उपलब्ध गराएर मुलुकमा सुशासन चलाएको पुष्टि आज भएको छ । नीतिगत लुटमा ओली सफल छन् । भ्रष्टाचार ओली शासनको मुल उद्देश्य हो । तारा एयरको नाममा रहेको ३ आना ३ पैसा २ दाम जमिन ओगटेको घर राजेश पत्नी रश्मी बज्राचार्यको नाममा रहेको छ । यो काण्ड ०७६ सालको हो । केपी ओली प्रधानमन्त्री बन्दा गरिएको नीतिगत लुट चम्काउने गरेका छन् । व्यक्तिगत स्वार्थ पुरा गर्न रु ६ अर्ब २४ करोड १२ लाख राज्यलाई नोक्सानी भएको नेपाल ट्रष्टको दरबारमार्गको १ रोपनी १४ आना जग्गा भाडा काण्ड जस्तै थामसेर्कु जोडिएको गोकर्ण रिसोर्ट र सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा काण्ड पनि यही समूह र केपी ओलीको स्वार्थमा प्रयोग भएको हो । वायुसेवा निगमका तीनवटा जहाज भाडामा लिएर डलर कमाउने निगमलाई भाडा नदिने यति समूहको अर्को काण्ड पनि विवादित छ । तर सत्ताको नायककै संरक्षण प्राप्त यो काण्डलाई सिआइबी र अख्तियारको त्यो बेला छानविन भएन ।
जबकि दरबारमार्गको जग्गा ३० वर्षका लागि रु ६ अर्ब ४५ करोड ६६ लाख यति समूहकै प्रस्ताव थियो तर ओलीले त्यो पैसाबाट १ अर्ब ५५ करोड ४० लाखमा झारे र ३० वर्षको ठाउँमा ५० वर्ष बनाइयो । ट्रष्टकै तर्फबाट सो सम्झौता रद्द गर्दा सचिव अर्जुन कार्कीले सहसचिव लेखबहादुर कार्कीलाई दबाव दिएर ७ करोड भन्दा बढीको कम पनि आफू जोगिन सहसचिव कार्कीलाई सम्झौता गर्न लगाए । सम्झौता ३ तलाको गरे पनि नक्सा बिना २ तला थपेर ट्रष्ट लगाउन दिइयो । सडक विभागको ३ आना जमिन यही १ रोपनी १४ आनामा थपेर यति समूहले प्रयोग गर्ने गरी दिइयो । यहाँ केपी ओली उनका पिए राजेश बज्राचार्य यति समूहका अध्यक्ष सोनाम शेर्पाबीचको योजनामा ट्रष्टका सचिव अर्जुन कार्की जोडिँदा पैसाको भागवण्डा गरिएको हो ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल