Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यदु खरेललाई गुप्तचर प्रमुखमा बढुवा

काठमाडौं। मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदु खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री कार्यालय मातहतको विभागमा खरेल हालका प्रमुख गणेशप्रसाद अधिकारी सेवानिवृत्त भएपछि जिम्मेवारीमा पुग्नेछन् । उनको कार्यकाल २४ पौषबाट सुरु हुनेछ । हालको नियमावली अनुसार खरेलको कार्यकाल ९ महिनाको हुनेछ । खरेल राष्ट्रिय अनुसन्धान विभागका अनुभवी अधिकृत हुन् ।
राष्ट्रिय अनुसन्धान विभागमा ३२ वर्षे सेवावधि छ । ३२ वर्ष या ५८ वर्ष उमेरहदमध्येबाट सेवा निवृत्त हुने नियमावली छ । विगतमा ३० वर्षे उमेरहद थियो । त्यसमा संशोधन भएकाले खरेलको भाग्योदय भएको हो ।