Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी पल्टिँदैछ ओलीको सत्ता

यसरी पल्टिँदैछ ओलीको सत्ता काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी अन्त्य गर्ने मोर्चाबन्दीको तयारीमा रहेका विपक्षी दलहरुको भित्री तयारी कसिएका बेला प्रधानमन्त्री केपी ओलीको कदम के हुन्छ भन्ने अन्योल जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ । नेकपा एमालेका २१ प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने भएपछि उनले विश्वासको मत पाउनसक्ने सम्भावना टरेको हो । संविधानको धारा ७६ को उपधारा १ बमोजिम बहुमतको प्रधानमन्त्री बनेका ओली यतिबेला माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । अब विश्वासको मत लिन नसकेमा ओली धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा छन् । उनलाई फेरि प्रधानमन्त्री बन्न नदिन धारा ७६ को उपधारा २ बमोजिम नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरणको बहुमतको सरकार बनाउने तयारी भएको छ । त्यस्तो सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्न सक्छन् । एमालेका कम्तिमा १५ देखि २१ प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएर बहुमतको सरकार निर्माणको मार्ग प्रशस्त गर्ने रणनीति बनाइएको छ ।


सम्बन्धित समाचार