Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी पुग्दैछ भ्यागुताको धार्नी

काठमाडौं । मन्त्रालयको संख्या संविधानले नै सीमित गरिदिएको छ । तर सरकारलाई समर्थन दिएका दलहरुलाई ठूला, मालदार र धेरै मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकेको छैन । नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिँदैछन्। सोमबार दिउँसोसम्म मन्त्रिमण्डल टुंगो लगाउने तयारी छ। तर, अझै एक चरण गठबन्धन दलबीच छ्लफल गर्नुपर्ने भएकोले मंगलबार मात्रै मन्त्रीमण्डल बिस्तार हुन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् । मन्त्रिमण्डल विस्तार सकेसम्म आज नत्र पर्सिसम्म हुने बताइएको छ । भोलिको लागि राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्यालयबाट कुनै कार्यक्रमको जानकारी दिइएको पनि छैन। मन्त्री नियुक्त भएपछि उनीहरुको शपथको लागि शीतल निवाससँग अगाडि नै समय लिनुपर्ने हुन्छ। तर यो समाचार तयार पार्दासम्म शीतल निवासमा कार्यक्रमबारे जानकारी गराइएको छैन। त्यही भएर भोलि सम्भावना कम रहेको प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले बताए। भोलि बिहानदेखि दलहरूबीच एकचरण छलफल हुन्छ, अनि भ्याइएछ भने भोलि नै शपथ हुन्छ, नभ्याए पर्सि होला। उनका अनुसार आज छलफल हुन नसक्दा भोलिलाई सरेको हो । तर स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई मन्त्री बन्ने नाम दलहरूले उपलब्ध गराएका छन्। तर दलभित्रको आन्तरिक कारण रोकिएको हो,ु स्रोतले नेपालखबरसँग भन्यो, ुकाङ्ग्रेस र एकीकृत समाजवादीभित्र कसलाई मन्त्री बनाएर पठाउने भन्ने टुंगो लागेको छैन।
नेपाली काङ्ग्रेसले ७ मन्त्रालय र एक राज्य पाउने अहिलेसम्म समझदारी छ। काङ्ग्रेसबाट सरकारको नेतृत्व पूर्णबहादुर खड्काले गर्नेछन्। कुनै कारण फेरबदल नभएमा उनी उपप्रधानमन्त्री र रक्षामन्त्री बन्नेछन्। यस्तै काङ्ग्रेस प्रवक्ता डा। प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित छ। काङ्ग्रेसले परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालय लिने निश्चित भएको छ। काङ्ग्रेसबाट प्रचण्ड क्याबिनेटमा तीनजना नयाँ अनुहारका नेताहरूको प्रवेश गराउने तयारी छ। नेकपा एकीकृत समाजवादीले एक राज्यसहित ३ मन्त्रालय पाउने छ। भौतिक पूर्वाधार समाजवादीले पाउन सक्छ । तर प्रधानमन्त्रीले भौतिक आफैँ राख्न खोजेका छन् । माओवादीले पाएको अहिलेको मन्त्रालय रहन्छ बरु मन्त्रीहरुको मन्त्रालय हेरफेर हुनसक्छ, उनले थपे, माओवादीको सञ्चारमा रेखा शर्मालाई कायमै राख्ने कुरा छ। नागरिक उन्मुक्ति पार्टी पनि प्रचण्ड सरकारमा सहभागी हुनसक्ने सम्भावना छ। अध्यक्ष रञ्जिता श्रेष्ठले सकारात्मक छौँ भन्ने जवाफ दिएकी छन्। यद्यपि नागरिक उन्मुक्ति सरकारमा सहभागी हुने निश्चित छैन। जनमत पार्टीले मन्त्रालय हेरफेर गर्न चाहेको छ। उनीहरुको जोड कृषि र उद्योगमा छ । जनमतले मन्त्रालय हेरफेर गर्न चाहेको छ, हुन पनि सक्छ, प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरी तिमल्सिनाले भने। जसपाले सरकारमा सहभागी हुनेको नाम सोमबार प्रधानमन्त्रीलाई दिने तयारीमा छ। त्यसैगरी एमाले छोडेर स्वतन्त्र चुनाव जितेका प्रभु साह मन्त्री बन्नेछन्। उनलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन् । यसबाहेक रास्वपालाई समेत सरकारला प्रचण्डको प्रयास छ। उता माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने छ। हाल भौतिकमा रहेका उनलाई गृह लग्ने तयारी छ।


सम्बन्धित समाचार