Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी हुँदै छ प्रदेश सरकारको खिचातानी

धनगडी । संघिय सरकारको विषयमा केन्द्रीय राजधानीमा चर्किएको सत्ता स्वार्थको लडाईले प्रदेश सरकारहरुलाई पनि छोएको छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका सेरधन राई, पृथ्वी सुब्बा गुरुङ, शंकर पोख्रेल मात्र होइनन् डोरमणि पौडेल समेत पद बचाउन संकटमा नपर्लान् भन्न सकिन्न । एमाले भित्र चर्किएको विवाद समाधान नहुँदासम्म मुख्यमन्त्रीहरुको पद संकटमा पर्ने छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा माधव पक्षले साथ दिदा माओवादी मुख्यमन्त्रीहरुको पद बचेको छ भने अब माओवदीले साथ दिएर माधव पक्षका नेताहरु मुख्यमन्त्री हुने बागमति र प्रदेश १ को अवस्थाका बारेमा बहस चल्दै छ । उता सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले ताजानेपाललाई जानकारी दिएका छन् । विपक्षीसँगको छलफलपछि आजै नभए मंगलबार मुख्यमन्त्रीले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उनले बताएका छन् । शुक्रबारदेखि शुरु भएको प्रदेश सभा बैठकमा ओली पक्षका प्रदेश सभा सदस्य पठान सिंह बोहोराले नेकपा एमालेले मुख्यमन्त्री लाई दिएको समर्थन फिर्ता गरिसकेको जानकारी गराएका थिए । तर एमालेकै माधव नेपाल पक्षको भने सरकारलाई समर्थन छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभाको सचिवालयमा दर्ता भइसकेको रावलले बताएका छन् । मुख्यमन्त्री भट्टलाई माधव पक्षका १८ जना प्रदेशसभा सदस्यको समर्थन रहँदै आएको छ । यसैबीच नेकपा एमाले ओली पक्षका प्रदेश सभा सदस्य रतन थापाले बैठक बसिरहेको र मुख्यमन्त्रीले लिन थालेको विश्वासको मतको बारेमा केही घण्टापछि थाहा हुने जानकारी दिएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल