Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्ता खानाले मस्त निद्रा लाग्छ

टन्न खाना खाएर मात्रै निद्रा लाग्छ भन्ने छैन । खाना कस्तो खाइएको छ त्यसमा निर्भर गर्दछ । कतिलाई भात खाएपछि निन्द्रा लाग्छ, कतिको मासु खाएपछि आँखा लोलाउन थाल्छ । यस्तो प्रवृत्ति नेपालीमाझ मात्र होइन, विश्व समुदायमा हुने गर्छ । हालै एक अध्ययनले यसबारे तथ्य सार्वजनिक गरेको छ ।

के खानाले साच्चै निद्रा लगाउँछ

खाना खाएपछि शरीर बोझिलो अनुभव हुन्छ । निन्द्रा लाग्छ । किन ? विभिन्न अध्ययनहरुले जनाए अनुसार खाना खाएपछि निद्रा लाग्नुको प्रमुख कारण एल–ट्रिपटोफान रसायन नै प्रमुख हो । अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार सुँगुरको मासु, अन्डाको सेतो भाग, माछा आदिमा यस्तो तत्व हुन्छ, जसले निन्द्रा लगाउँछ ।
टर्कीको मासुमा पनि ‘एल(ट्रिपटोफान’ नामक रसायन अधिक मात्रामा रहेको हुन्छ ।
एल ट्रिपटोफान हाम्रो शरीरका लागि आवश्यक हुन्छ । खासगरी अनिन्द्रको समस्या भएकाहरुलाई यसको आवश्यक हुने गर्छ ।

के हो एल–ट्रिपटोफान

एल–ट्रिपटोफान एक किसिमको अमिनो एसिड हो । अमिनो एसिड त्यस्तो केमिकल हो, जसबाट प्रोटिनको निर्माण हुन्छ । प्रोटिनबाट शरीरका कोषिकाहरु निर्माण हुन्छ , जुन हाम्रो शरीरको विकास लागि आवश्यक छ । यस अर्थमा एल–ट्रिपटोफान हाम्रो शरीरको लागि निकै जरुरी छ । तर यो हाम्रो शरीरमा निर्माण हुँदैन । विभिन्न खानेकुराको माध्यमबाट यस्ता तत्व शरीरमा प्रवेश गर्छ ।
यही अमिनो एसिडको माध्यमबाट सेरोटिनिन नामक रसायनको निर्माण हुने गर्छ । सिरोटिनिन यस्तो तत्व हो, जसले शरीरमा खुशीको भाव पैदा गर्दछ । यही सिरोटोनिनका कारण झिंगाहरुलाई पनि निद्रा लाग्ने गर्दछ । मानव शरीरमा पनि यही कारण निद्रा लाग्न सक्छ । यद्यपी, यसबारे अहिलेसम्म यकिन भएको छैन ।

यसकारण निन्द्रा लाग्दैन

अनिद्राको समस्या भएका मानिसहरुले एल–ट्रिपटोफानको सेवन गर्नाले उनीहरुमा अनिद्राको समस्या हटर जाने पनि कुरालाई अध्ययनहरुले समेत सही मान्दै आएको छ । यसबाट बनाइएको थुप्रै औषधीहरुले अनिद्राको समस्यालाई समेत हटउदै गएको छ । यस बारेमा गरिएको अनुसन्धान ३० वर्ष भन्दा अगाडी गरिएको थियो । अर्थात, सन् १९८६ मा यो अनुसन्धान गरिएको थियो । तर सन् २००२ मा गरिएको अर्को एउटा अध्ययनले जनाए अनुसार शरीरमा एल–ट्रिपटोफान कमी भएमा अनिद्रा तथा निद्रा खराब हुने गर्दछ । यसबाट के पनि थाहा हुन्छ भने एल–ट्रिपटोफानले खानामा एक तरीकाले तथा औषधीको रुपमा अर्को तरीकाले काम गर्दछ ।
अर्थात, विभिन्न पौष्टिकतत्वयुक्त खानामा ‘एल-ट्रिपटोफान’ एउटामात्र रसायन रहेको हुँदैन । जसको कारण खानामा पाइने अन्य पौष्टिक तत्वले ‘एल ट्रिपटोफान’को बाटो रोक्ने गर्छ ।

विशेषगरी, खानाबाट पाइने एल–ट्रिपटोफानले सेरोटिनिन हर्मोन पैदा गर्नका लागि यसको अन्य अमिनो एसिडसित हुनु हुँदैन । यसको लागि यदि कसैले एल–ट्रिपटोफान भन्दा कम अन्य कुनै खानेकुरा खादैछ भने खेली पेटमा सेवन गर्नुपर्छ । जसले गर्दा यही अमिनो एसिड दिमाग सम्म पुगेर सेरोटिनिन बनाउन मद्दत गर्छ ।