Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्ता छन् प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित भएको छ । मन्त्रिपरिषदको बैठकले २५ पौषमा देउवा भारत भ्रमणमा जाने निर्णय भएको हो । गुजरात ग्लोबल समिटमा भाग लिन देउवा भारतमा जाने तय भएको छ । उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त समिटमा निम्तो गरेका थिए ।

देउवाको भारत भ्रमणमा हुने सम्झौताका लागि मन्त्रिपरिषदले महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । जसमा पाँच वर्षका लागि जी टु जी अन्तर्गत मल ल्याउने सम्झौता पनि छ । जस अनुसार प्रथम वर्ष डेढ लाख मेट्रिकटन हुने कृषिमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुनेछ । सम्झौता देउवाको भारत भ्रमणको समयमा हुनेछ ।
भारत भ्रमणका बेला देउवाले दुई देशबीचको सम्बन्धबारे महत्वपूर्ण छलफल समेत गर्ने भएका छन् । विशेषगरी विकास आयोजनाबारे छलफल हुने तय भएको छ ।


सम्बन्धित समाचार