Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्ता छन् बिदा हुने र नयाँ आउने सचिव

काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणी सचिवमा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन्।कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुँदैछन । उमेर हद र सेवा हदका कारण आगामी महिनाभित्रै ५ सचिव घर जाँदैछन् । यसै साता शिक्षा सचिव महेश्वर दाहालले अवकाश पाइसकेका छन् । प्रदेशका प्रमुख सचिवबाट मन्त्रालयमा तानिएका दीपक सुवेदी आउँदो १ जेठबाट घर जानेछन् । यस्तै निजामती सेवामा इमान्दार सचिवका रुपमा पहिचान बनाएका विनोद केसी श्रम मन्त्रालयबाट विदा लिँदैछन् आगामी १२ जेठबाट । दीपक,विनोदझैंं घर फर्कनेको लाइनमा छन् डिल्ली घिमिरे,राजीव गौतम र नारायण विडारीहरु । प्रधानमन्त्री कार्यालयमा कानुन सचिवको कार्यभार सम्हाल्दै आएका डिल्ली घिमिरे आगामी १५ जेठबाट, कानुन मन्त्रालय कमाण्ड गर्दै आएका राजीव घिमिरे २५ जेठबाट घर फर्कनेछन् । प्रधानमन्त्री कार्यालयका अर्को सचिव नारायण विडारी १४ असारपछि घर फर्कनेछन् । एक महिनाको अवधिमा दाहालसहित ६ जना सचिव रिक्त हुने भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रियासमेत थाल्ने भएको छ। निजामती सेवा ऐनअनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा हुने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ रिक्त एक जनाका लागि तेब्वर संख्यामा सचिवको सिफारिस गर्ने प्रावधान छ।यसरी सिफारिस गर्दा हाल कार्यरत सहसचिवमध्ये कार्यसम्पादन र ज्येष्ठताका आधारमा सबैभन्दा अगाडि रहेकाबाट सिफारिस गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सचिव सिफारिस भएमा वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, विष्णुप्रसाद नेपाल, मधुकुमार मरासिनी र वीरबहादुर राईमध्येबाट सचिव नियुक्त गरिनेछ। वरिष्ठ सहसचिवका रूपमा वीरेन्द्र यादव, लक्ष्मीकुमारी बस्नेत, कृष्णबहादुर रावत र कमल पोख्रेल रहे पनि उनीहरूले सचिव बढुवा हुनका लागि आवश्यक पर्ने एसईडीपी तालिम नलिएकाले उनीहरूलाई सचिवमा बढुवा गरिनेछैन।


सम्बन्धित समाचार