Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
द्धन्द्धकालका घटना छानविन गरेर मेलमिलापको नीति कार्यन्वयन गर्ने सम्झौता गर्ने तर संझौताको कारक पक्ष काँग्रेसलाई एक्ल्याएर कम्युनिष्टले शासन गर्ने गलत पक्षको कारण परिवर्तनको वाहक माओवादी विरुद्ध अदालत समेत प्रयोग भएको छ । माओवादी कमजोर भएको युरोपेली युनियनको डलरले हो । जातीय द्धन्द्ध चर्काउने जातीय राज्य वाँडने दलितको हक दिलाउने एजेण्डा त माओवादीले नै ल्यायो । त्यसको फाइदा काँग्रेस एमालेले लिए माओवादीलाई आतंककारी नै बनाए ।
यसपटक माओवादी विभाजनको असर देखियो । जव सर्वोच्चमा रिट पर्यो तव माओवादी आन्दोलनका घटक झस्केका हुन् । यसरी घेरावन्दीमा पारेपछि माओवादीहरु झस्केका हुन । शान्ती प्रकृयाको प्रमुख घटक नेपाली काँग्रेस हो । एमाले साँक्षी थियो । त्यो वेला माधव नेपालले पार्टीको नेतृत्व लिएका थिए । केपी ओली त्यहाँ दलगत रुपमा सहभागी नभएकाले उनलाई माओवादीसँग मिल्नु र छुट्टीनुमा स्वाद छैन । वृस्तृत शान्ती प्रकृयका विषय टुंगोमा पुर्याउने काम सत्य निरुपण तथा मेलमिलाप सम्वन्धी आयोगलाई पूर्णता नदिने खेल एकातिर छ भने आयोगमा जाने चरित्रहरु मुलुकको हित भन्दा द्धन्द्ध चर्काउने मानसिकतावाट प्रेरित थिए । राजनीतिक रुपमा सत्ताका लागि सहमति र सहकार्य गर्ने तर शान्ती प्रकृयाका कामलाई वास्ता नगर्नेहरुवाट यस्ता विवाद जारी राखेर नेपालमा द्धन्द्ध चर्काउने काम भएका छन् ।
संक्रमण कालिन न्यायको विषय सवै दलको वरावरी हुनुपर्छ । सरकारमा जाँदा सवैलाई सवै चाहिन्छ । गणतन्त्र र संघियता विरोधी राप्रपालाई समेत साथमा लिएर एमाले सरकारमा जान रुचाउँछ । परिवर्तन प्रति नेकपा एमाले र त्यसको नेतृत्वको रुची देखिंदैन । जव राष्ट्रवादको नाउँमा राजनीति गरिन्छ भने त्यहाँ निष्ठा र त्याग जोडिनु पर्छ । अहिले एमालेमा त्यो छैन । एमालेको ओली समूह माओवादी प्रति पूर्वाग्रही छ । ओलीको कार्यकाल भर वाम एकता सम्भव छैन । गल्ती माओवादीकै हो । त्यहाँ पनि निष्ठा र त्यागको कुरा ओझेलमा परेको छ । जो मन्त्री भए उनैकै भाई छोरा भतिजा पीए राख्ने घुस वटुल्ने काम भएका छन् । कार्यकर्ता जनयुद्धका लडाकूलाई त अध्यक्ष प्रचण्डले पनि महत्व दिएका छैनन । किन विभाजीत भएका हुन मोहन वैद्य र विप्लप ? हिजो प्रचण्ड सर्वाहारा वर्गवाट कुलिन वर्गमा रुपान्तरण भयो भन्ने मोहन वैद्य र नेत्र विक्रम चन्द कुन वर्गको नेतृत्व गर्दैछन । तीनका पछाडिका सीपी गजुरेल र खडग वहादुर विक कतावाट परिचालित छन कताको हण्डी खान्छन ? चन्द र वैद्य इमान्दार भएर हुदैन ।
अहिले फरक फरक गुट वनाएर वस्दा वडा तहमा समेत चुनाव जित्न नसकेको उदाहरण त नेत्र विक्रम चन्दको गृहगाँउ रोल्पामा पनि देखियो । एउटा नेता आफ्नै गाँउमा पराजीत हुन्छ भने त्यसले देशको नेतृत्व कसरी लिन्छ ? त्यस कारण हिजोका माओवादी जो छरिएका छन तिनले आँखा चिम्लेर एक हुने संकल्प गर्नु पर्दछ । माओवादीलाई छुट्टै धातुको हो भन्ने डा. वावुराम भट्टराई किन समाजवादी पार्टी भन्दैछन ? डा. भट्टराईद्धारा पार्टी बन्दैन । नयाँ शक्तिको तामझाम सवैले देखियो । चुनावको वेला काँग्रेसलाई संघिय संसदको टिकट छाडेर आँफू प्रदेशमा वस्ने र पैसा लिने काम भएकै हो । अहिले डा. भट्टराईले संसद वन्न रुची देखाएनन । राजनीतिमा कम्युनिष्टहरुले निष्ठा र त्याग छाडदै गएका छन भने काँग्रेसवाट त्यस्तो खोजेर पाँइदैन ।
कम्युनिष्ट भनेको छ जातिवादी शैली प्रस्तुत गर्न माओवादैकै देव गुरुङ, सुरेश आलेहरु लागेका हुन । जनयूद्धकालको खोजेर पाइन्छ । कोशी, गण्डकी, लुम्वीनी, कर्णाली, र सुदुर पश्चिम प्रदेशको नामाकरण गर्दा परिवर्तनको झल्को मधेस प्रदेश वाहेकमा भएन । एमालेलाई जातीय पहिचानको रुची थिएन । नेपाली काँग्रेसलाई त्यसको मिठास र स्वाद थिएन । माओवादी शक्ति तयार थियो र पहिलो संविधान सभावाट संविधान जारी गर्न सफल हुन्थ्यो भने उसका लिम्वुवान, कोचिला, नेवा, तमुवान, मगरात, खर्साङ जस्ता राज्यको कल्पनाले स्थान पाउथे । तर शक्ति क्षयीकरण गर्दै जाने सत्तामा पुग्दा लुटदै जाने भएपछि कसरी आउँछ माओवादीको योजना ? आज जसरी आतंक सिर्जना गरियो यसको कारक भनेकै माओवादीको विभाजनमा रमाएर दोस्रो संविधानसभामा माओवादीका विरुद्ध एमाले र काँग्रेसलाई मत विक्री गर्ने सिद्धान्त निष्ट वनेका माओवादी विभाजनकारीको देन हो । भाँडीएपछि कमजोर भईन्छ शत्रुले पेल्छ भन्ने हेक्का भयो कि भएन ? माओवादीका नेता थुनाएर समस्याको समाधान हुदैन । देशलाई द्धन्द्धमा फसाउने जे खेल खेलिदैछन त्यसले झन भयावह रुप लिन सक्छ । त्यसैले सचेतना तीनले अपनाउनु पर्छ जो संसदीय सेरोफेरोका नायक सहनायक भएका छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल